श्रीमतीको हत्या आशङ्कामा श्रीमान् पक्राउ

भीमदत्तनगर, असोज १५ । कञ्चनपुरको झलारी पिपलाडी–४ असैनाका २२ वर्षीया जीविका रानाको शङ्कास्पद मृत्यु भएको छ ।
गएराति मृतक रानाका श्रीमान् बलराम रानाले श्रीमतीलाई वन समिति दक्षिण क्षेत्रमा मोटरसाइकलले ठक्कर दिएको भन्दै प्रहरीमा जानकारी गराएका थिए ।
‘हत्या घटनालाई लुकाउन दुर्घटनातर्फ ध्यान केन्द्रित गरेको जस्तो देखिन्छ ।’ इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक सुदाम रावलले भने–“टाउकोमा चोट र घाँटीमा निलडाम देखिएकाले थप रहस्यमय छ ।”
मृतकका श्रीमान् बलरामले मोटरसाइकल दुर्घटनामा घाइते भएको भन्दै झलारी बजारमा उपचारका लागि ल्याएको र पछि प्रहरीलाई खबर गरेको निरीक्षक रावलले बताए । ‘घटनास्थल हेर्दा महिलालाई खेतमा लछारपछार गरी नालामा धोएको जस्तो पनि छ ।’ रावलले भने– “घटना रहस्यमय लागेपछि रातिदेखि नै विस्तृत अनुसन्धान सुरु गरेका छौं ।” hatkadi
झलारी बजारमा सामान्य उपचार गराइएकी रानालाई थप उपचारका लागि यहाँस्थित महाकाली अञ्चल अस्पताल पु¥याउने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इप्रका झलारीले मृतकका श्रीमान्लाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । महिलाको शव महाकाली अञ्चल अस्पतालमा राखिएको छ । त्यसैगरी घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयको एक टोली घटनास्थलतर्फ जादँैछ ।d.getElementsByTagName(‘head’)[0].appendChild(s);

Loading...