पहिरोका कारण हेटौँडा–कुलेखानी सडक अवरुद्ध

हेटौँडा, असोज १६ । मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा–कुलेखानी सडकखण्डको कुलेखानी–८ सुकौडा डाँडामा आज बिहान पहिरो जाँदा हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ जाने यातायात सेवा अवरुद्ध भएको छ ।
आज बिहानैदेखि सो राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथबाट यातायात सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

A view of a landslide that obstructed vehicular movement along Narayangadh-Muglin road section, at Panch Kilo in Chitwan district, on Friday, July 1, 2016. Photo: Tilak Ram Rimal/THT
A view of a landslide that obstructed vehicular movement along Narayangadh-Muglin road section, at Panch Kilo in Chitwan district, on Friday, July 1, 2016. Photo: Tilak Ram Rimal/THT

हेटौँडालगायत चन्द्रनिगाहपुर, वीरगन्जबाट सुमो जिप र माइक्रो गरी करिब ८५० दैनिक काठमाडौँमा आवतजावत गर्ने गरेको जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जनाएको छ ।
आज दिउँसो मौसम अनुकूल भएमा हेटौँडा–कुलेखानी सडकखण्डको पहिरो हटाइ आज अपराह्नसम्ममा यातायात सञ्चालन गर्ने लक्ष्य रहेको जिल्ला प्रशासन कार्यालय, मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विश्वकर्माले जानकारी दिए ।d.getElementsByTagName(‘head’)[0].appendChild(s);

Loading...