एमबिबिएस परिक्षा पास गराईदिन्छु भन्दै रकम असुल्ने ‘वल्र्ड वाईड कन्सल्टेन्सी’का गणेश अधिकारी पक्राउ

काठमाडौं, असोज १६ । एमबिबिएस परिक्षामा पास गराईदिन्छु भन्दै मोटो रकम लिने ‘वल्र्ड वाईड कन्सल्टेन्सी’का सञ्चालक पक्राउ परेका छन् ।
सिन्धुली आम्बोटे ९ स्थायी घर भएका गणेश अधिकारीले काठमाडौं नागार्जुन २की सायसा पन्तलाई एमबिबिएसमा नाम निकालिदिन्छु भन्दै २ लाख रुपैयाँ घूस लिएका हुन् ।
प्रहरीका अनुसार गणेश अधिकारीले आफु पुतलीसडकस्थित वल्र्ड वाईड कन्सल्टेन्सीमा काम गर्ने र विभिन्न डाक्टरहरुसँग राम्रो चिनजान रहेकाले असोज १५ गतेदेखि काठमाण्डौ विश्व विद्यालयबाट हुने एमबिबिएस परीक्षामा पास गरीदिन्छु भन्दै उक्त रकम असुल गरेका हुन् ।ganesh
आफ्नी छोरी सायसाको नाम एमबिएिसमा निकालिदिने भएपछि आमा विमला पन्तले सो कन्सल्टेन्सीमा गई गणेश अधिकारीलाई भेटी रकम बुझाएकी हुन् । तर विमलाले अन्य व्यक्तिहरुसँग बुझ्दा अधिकारीले पास गराउन नसक्ने एकिन भएपछि महानगरीय अपराध महाशाखामा निवेदन दिएको महानगरीय प्रहरीले महाशाखाले जनाएको छ ।
महाशाखाबाट सादा पोशाकमा विमला पन्तको साथमा टोली गएपछि गणेश अधिकारीलाई रकम बार्गेनिङ गरि चेक बुझ्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
साथै प्रहरीले वाईड कन्सल्टेन्सी पुतलीसडकका संचालक दीपक कुमार साह मार्फत उक्त कार्य हुने भनी खुलेकोमा साहलाई समेत पक्राउ गरेको छ । साहले आफुलाई डाक्टर बताई ठगी गर्ने गरेका थिए ।