हङकङमा नेपाली युवाबीच ‘ग्गाङ फाइट’, प्रहरीले चलायो ४ राउण्ड गोली

काठमाडौं, असोज १६ । हङकङमा नेपालीबिच ग्याङ फाइट भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले कम्तीमा चार राउण्ड गोली चलाएको छ ।
हङकङको जोर्डनमा आइतबार बिहान ६ बजे नेपाली युवाहरुबिच छुरा हानाहान भएको हो । त्यसपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । दुई समूह लडिरहेको खबर ट्याक्सी चालकबाट पाएपछि प्रहरी घटनास्थल पुगेको एचकेनेपाल डट कमले जनाएको छ । झडप नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा दुई जना गम्भीर घाइते भएका छन् ।hk hk1 hk2
उनीहरुलाई उपचारको लागि क्वीन एलिजावेथ हस्पिटलमा लगिएको छ । घाइते मध्ये एक जनाको कमर र खुट्टामा गोली लागेको छ भने अर्काको पाखुरामा गोली लागेको छ । पाखुरामा गोली लागेका व्यक्तिको छुरा प्रहारबाट टाउकोमा गहिरो चोट लागेको छ । घटनामा संलग्न युवाहरुको परिचय नखुलाइए पनि उनीहरु हङकङ आईडी भएका नेपाली रहेको जनाइएको छ ।