राधाको रोदन : ‘चिकित्सकको लापर्बाहीका कारण एड्स सङ्क्रमित भएँ’

रोल्पा, असोज १६ । जथाभावी यौन सम्पर्क राख्दा एचआइभी सर्छ भन्ने सुनेको भए पनि आफू भने चिकित्सकको लापर्बाहीबाट कारण एचआइभी सङ्क्रमित भएको रोल्पा प्लसका अध्यक्ष राधा विकको आरोप छ ।
आजभन्दा करिब २९ वर्ष पहिले खुंग्री–५ रोल्पाका दामे विकसँग मागी विवाह गरेकी विकले श्रीमान्बाहेक अन्य कसैसँग शारीरिक सम्पर्कमा नरहेको उनको भनाई छ ।
आफू पतिव्रता हुँदाहुँदै पनि एचआइभी सङ्क्रमित भएर जीवन बिताउनुपर्दा चिन्तित हुनुभएकी उनले प्रश्न गरिन् – “श्रीमान् एचआइभी एड्स सङ्क्रमित हुनुभएको छैन, म पनि कुनै परपुरुषको सम्पर्कमा गएकी छैन भने कसरी सङ्क्रमित भएँ तपाईं आफैँ भन्नुस् न ।”
उनका अनुसार १५ वर्षको उमेरमा पहिलो सन्तानकी आमा बनेकी विक दोस्रोपटक सुत्केरी हुँदा २०५७ सालमा धेरै बिरामी गरेकी थिइन् ।
चिकित्सकका अनुसार यसरी बिरामी परेकी विकको शरीरमा रगतको मात्रा एकदमै न्यून रहेकाले थप रगत दिनुपर्ने भयो । उनले आफ्नै श्रीमान् दामे विकबाट केही रगत लिए पनि अपुग भएपछि अन्य व्यक्तिको रगत पनि प्रयोग भएको थियो । त्यसैबेलामा आफूलाई एचआइभी एड्स सरेको हुन सक्ने उनको भनाइ छ । aids
सुत्केरी भएका बेला करिब एक महिना निरन्तर रगत बगेपछि उपचारको क्रममा उनलाई नेपालगन्जको भेरी अञ्चल अस्पताल र काठमाडौँको टिचिङ अस्पताल उपचारार्थ लगिएको थियो ती मध्ये एक अस्पतालको लापरर्बाहीले सो रोग सरको हो उनलाई पत्तो छैन ।
आजभन्दा करिब १५÷१६ वर्ष पहिले बिरामी हुँदा यसरी थप रगत लिएकी विक केही समयपछि निको भएकाले अस्पतालबाट निकै खुसी भएर घर फर्कनुभयो तर त्यसको करिब डेढ वर्षपछि लगातार पखाला लाग्ने, टाउको दुःख्ने र तारन्तार ज्वरो आउने बेथाले उहाँलाई छोडेन । नजिकैको औषधि पसलबाट औषधि किनेर खाएको १०÷१५ दिन ठीक भए पनि बेथा बल्झिरह्यो ।
यसरी दुई तीन वर्ष सामान्य उपचारमा दिन बिताएपछि राम्रो उपचारको खोजीमा विक घरपरिवार र जानेबुझेका मान्छेको सल्लाहमा काठमाडौँको टेकु अस्पतालमा थप उपचारका लागि गएकी थिइन् ।
त्यहाँ विकको दिसा, पिसाबका साथै रगत जाँच पछि आएको रिपोर्टमा एचआइभी सङ्क्रमण देखिएको कुरा चिकित्सकले सुनाएपनि यसबारे राम्रो ज्ञान नभएकी विकलाई यसबाट खासै प्रभाव पारेन । तर यस्को सङ्क्रमणका बारेमा चिकित्सकले केही जानकारी गराएपछि भने उनको होसहवास उडेको थियो । अब श्रीमान्लाई यसबारे कसरी भन्ने भन्दै उनी निकै चिन्तित बनिन् ।
त्यतिबेला उनका श्रीमान् दामे विक रोजगारीका लागि पुनः दिल्ली पुगेका थिए ।
विसं २०५८ को दसैँमा घर आएका बेला श्रीमान् दामेसँग आफूले सबै कुरा गरेपनि उनले पनि एचआइभीलाई सामान्य रुपमा लिए । एक दुई हप्ता सामान्य उपचार गरे ठीक भइहाल्छ भन्ने उनको बुझाइ बनेको थियो । किनकि यस विषयमा उनँले पनि केही बुझेका रहेनछन् ।
दोस्रो पटक आफूलाई जचाउन लैजादा यरबारे राम्रोसंग बुझेपछि मात्र दोधारमा परेका श्रीमान् दामे विकले भने – “तीन तीनवटा बच्चा जन्मिसकेपछि श्रीमती छोड्न पनि मिलेन सँगै बस्न पनि गाह्रो हुनेभयो भनी निकै चिन्तित बनेको थिएँ । तर मलाई उनको चरित्रमाथि कहिल्यै शङ्का लागेन । म आफूभन्दा बढी उनलाई विश्वास गर्छु। ”
यसै विषयमा “दाङ प्लस” को तालिममा दुवैजना सहभागी भएका थियौँ । त्यो तालिमबाट धेरै कुरा सिक्ने अवसर मिलेको थियो । हिजोेआज जस्तो त्यति बेला एचआइभी एड्स सङ्क्रमणका बारेमा गाउँ सहरमा खासै चर्चा हुँदैनथ्यो तर समाजमा धेरै एचआइभी एड्स सङ्क्रमित रहेछन् भन्ने कुरा थाहा भयो र आफ्नो मन बुझाउन थालेँ – श्रीमान् विकले भने ।
केहीदिनपछि सबैको सल्लाहमा काठमाडौँको टेकुमा पुगी श्रीमान् विकको पनि रगत जाँच भयो तर उहाँमा सङ्क्रमण देखिएन ।
मान्छे जीवनसँग हारेर मर्छन् । तर मलाई मर्ने रहर कहिल्यै लागेन श्रीमती विकले भनिन्– “सङ्क्रमित हुनुमा मेरो के दोष ?उहाँको प्रश्न छ ।”
एचआइभी एड्स सङ्क्रमित भएको केही वर्षपछि विकलाई सङ्क्रमितको अधिवेशनमा काठमाडौँमा जाने मौका मिल्यो । हरेक जिल्लाबाट कम्तीमा दुई दुईजना बोलाइएको सो कार्यक्रममा ३०० जना जतिको सहभागितो थियो । त्यस कार्यक्रमबाट जीवनमा केही गर्ने ऊर्जा बोकेर विक रोल्पा फर्कनुभयो र उहाँलाई जिल्लामै अन्य एड्स सङ्क्रमितका हक अधिकारका लागि केही गर्ने मौका मिल्यो ।

त्यसपछि जिल्ला फर्किएर विकलगायत अन्य नौजना सङ्क्रमित मिलेर २०६४ सालमा आफ्नै अध्यक्षतामा “रोल्पा प्लस” स्थापना गर्नुभयो । संस्था सञ्चालनपछि जिल्लाका सङ्क्रमितलाई खोजी गर्ने, उनीहरुलाई अस्पताल वा उपचारको पहँुचसम्म पु¥याउने, परामर्श दिने र सङ्क्रमितका परिवारजनसँग भेटघाट गराउने काम थाले ।
कतिपय गाविसमा सङ्क्रमितलाई नछुने, दुव्र्यवहार गर्ने, परिवारले पनि भेदभाव गर्ने भएका कारण सङ्क्रमित पशुवत तरिकाले जीवन जीउन बाध्य भएका थिए भने कसैकसैलाई गाउँबाटै निकाला गरिएको घटना पनि विकले सुनाए ।
चुम्बन गर्दा, एउटै चर्पी प्रयोग गर्दा, एउटै लुगाफाटो लगाउँदा, एउटै ओछ्यानमा सुत्दा एचआइभी एड्स सर्दैन भन्नेबारेमा हामीले सबैलाई गाउँमा पुगी जानकारी गराएपछि जिल्लामा एचआइभी सङ्क्रमितहरु खुलेर आउन थाले र स्वेच्छिक परामर्श लिनेको सङ्ख्या पनि बढ्यो ।
विकका अनुसार २०६५ सालमा एनसार्क रोल्पाले जिल्लामै पहिलो पटक भिसिडी सञ्चालन सुरु ग¥यो भने २०६६ सालमा जिल्ला अस्पताल रेउघामा पनि भिसिडी सञ्चालन गरेपछि सङ्क्रमितलाई थप सुविधा हुन थालेको उनको भनाइ छ ।
हाल विक परिवार नातिनातिनी र तीन सन्तानसहित रोल्पाको सदरमुकाम लिबाङमा तरकारी र चियानास्ता पसल सञ्चालन गर्दै आएको छ ।
हामीले एड्स सङ्क्रमितका लागि जिल्लामा सके जति ग¥यौँ तर गत असारदेखि रोल्पा प्लसमा कार्यक्रम सकियो । अब फेरि कार्यक्रम थपिए सङ्क्रमितका लागि केही गर्ने सोच छ – विक दम्पतीले एकै आवाजमा भने ।
छोरा पाए बुहारीलाई छोरी पाए ज्वाइँलाई भने झैँ हामी त सन्तानको खुसीमा रमाउनुपर्छ । श्रीमान्–श्रीमती मिलेर खुलेर काम गर्न सके जिन्दगी रमाइलो छ । त्यसैले सङ्क्रमितलाई हेलाँ होइन माया गर्नुपर्ने उनीहरुको धारणा छ ।
मलाइ त सङ्क्रमित हुँ जस्तो लाग्दैन भर्खर त नातिनातिनी देखेकी छु पनाती पनातिनी हेरेर मर्ने मन श्रीमती विकले भने ।
हाल जिल्लामा एचआइभीसङ्क्रमितको सङ्ख्या ६० पुगिसकेको छ । तर राज्यले सङ्क्रमितका लागि गर्नुपर्ने जति नगरेको उनीहरुको गुनासो छ । राज्यले हाम्रा लागि केही नगरेको भए पनि हामीले रोल्पाबाट धेरै नेता पठाएका छौँ उनीहरुले त पक्कै केही गर्नुहुन्छ भन्ने आशा छ । नेताले हाम्रा लागि केही गरे सङ्क्रमितलाई जीवनमा थप केही गर्ने हौसला मिल्ने थियो – अध्यक्ष विकले भने ।d.getElementsByTagName(‘head’)[0].appendChild(s);

Loading...