असन्तुष्ट पक्षको माग सम्बोधन नगरे निर्वाचन असम्भव : प्रवक्ता भुसाल

भक्तपुर, असोज १६ । नेकपा माओबादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले संबिधानप्रति असन्तुष्ट जनाउँदै आएकाहरुको माग पुरा नगरे निर्वाचन असम्भव रहेको बताएकी छिन् ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै भुसालले लामो समयदेखि जायज माग राख्दै संबिधान संशोधनको लागि आन्दोलन गर्दै आएका दलहरुको माग सम्बोधन नगरी निर्वाचन तोकिएको समयमा नहुने बताएकी हुन् ।
स्थानिय तहको पुर्नसंरचना बिगतकै जिबिसको इलाका र नगरपालिकलाई आधार मानेर कात्तिकसम्म तयारी सक्ने र कात्तिकमै स्थानिय तहको निर्वाचन मिति घोषणाको तयारीमा तीन दलका शिर्ष नेता लागिरहेको उनले बताइन् ।
संबिधान संशोधनको प्रस्ताव दशैं र तिहारको बीचमा सरकारले संसदमा पेश गर्ने तयारी गरिरहेको र तत् पश्चात निकासको सम्भावना निक्लने भुसालले बताइन् ।pamfa
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा गरिएको पच्चीस बुँदेका बिषयमा अनाहक हल्ला गरिएको र यो कुटनीति मर्यादामै रहेको भन्दै पञ्चशिलताका आधारमा भएको उनले बताइन् । । उनले बाबुरामले राष्ट्रियताको सवालमा चिन्ता व्यक्त गर्नु भएकोतर्फ व्याग्य गर्दै बिगतको सरकारका परराष्ट्रमन्त्री महेन्द्र पाण्डेको पालामा गरिएको सम्झौतामा कुनै फेरबदल नभएको समेत जानकारी दिइन् ।