उपत्यकाबाहिर १०० वटा सरकारी बस सञ्चालन गर्न प्रचण्डको निर्देशन

काठमाडौं, असोज १६ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं उपत्यकाबाहिर १०० सरकारी बस सञ्चालन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकलाई निर्देशन दिएका छन् ।pppp

नजिकिँदै गरेका दशैं, तिहार, छठ लगायतका पर्वहरुलाई मध्यनजर गरी उपत्यकादेखि देशका प्रमूख शहरहरु र जिल्ला सदरमुकामसम्म सर्वसाधारणको यातायात आवगमनलाई सहज बनाउन प्रधानमन्त्रीले तुरुन्तै १०० बस सञ्चालन गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले मन्त्री लेखकलाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सरकारका विभिन्न निकाय, प्याव्सन, एनप्याव्सन लगायतका संस्थासँग समन्वय गरी बसको प्रबन्ध गर्न निर्देशन दिएका हुन् ।

Loading...