बाँके, असोज १६ । नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तहीन सिमेन्ट उत्पादन गरेको आरोपमा जिल्लाका बागेश्वरी र जय मङ्गलम सिमेन्ट उद्योगका इजाजतपत्र निलम्बन गरेको छ ।
विभागले उद्योगले उत्पादन गरी बजारमा पठाएको सिमेन्टको नमुना सङ्कलन गरी परीक्षण गर्दा सरकारले तोकेको मापदण्डभन्दा फरक भएकाले ती उद्योगका सिमेन्ट बिक्री–वितरणमा रोक लगाएको हो ।cement

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार बोर्ड बैठकले उद्योगले उपभोक्तालाई गुणस्तरहीन सिमेन्ट बिक्री गरेकाले इजाजत निलम्बन गर्ने निर्णय गरेको हो । बजारमा बागेश्वरी सिमेन्ट उद्योगका पिपिसी सिमेन्ट ब्रज शक्ति, त्रिशक्ति सुपर र जेविसी नामका ब्रान्डमा बिक्री भइरहेको छ ।

यसैगरी मङ्गलम सिमेन्ट उद्योगले पनि पिपिसी यती, जेएमसिज, रक, स्ट्रोङ र गौरव ब्रान्डका नाममा बजारमा बिक्री गरिरहेको छ । राससd.getElementsByTagName(‘head’)[0].appendChild(s);