खेलकुदका संरचना बनाउन सांसद विकास कोषमार्फत रकम : साउद

भीमदत्तनगर, असोज १६ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिँचाइ मन्त्री नारायणप्रकाश साउदले खेलकुदका लागि आवश्यक संरचना निर्माण गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
आजदेखि कञ्चनपुरको झलारीपिपलाडी–८ फूलेलीमा सुरु भएको दोस्रो जिल्लास्तरीय कराँते प्रतियोगिताको उद्घाटन गर्र्दै नेता साउदले खेलकुदका लागि चाहिने संरचना निर्माणका लागि सांसद विकास कोषमार्फत रकम उपलव्ध गराउने आश्वासन दिए ।
उनले सङ्घीय संरचनामा अहिले बनेका नगरपालिकाको स्वरुप यथावत रहने बताए । saud
‘नगरपालिका बनिसकेको अवस्थामा गाउँपालिकामा झर्नुपर्छ कि भन्ने जनतामा डर थियो,’ उनले भने दलबीच संरचना नटु्क्र्याउने विषयमा सहमति भइसकेको छ ।”

Loading...