एजेन्सी । गुणस्तरीय शिक्षा लिनका लागि मानिसहरु निकै नै मेहनत गर्ने गर्छन् । कुनै बेला त ठूलै अप्ठ्याराहरु पनि सामना गर्नुपर्ने हुन्छ ।
केही मानिसहरुले पैसाको अभावमा पढाई समेत छोड्ने गरेको उदाहरण समाजमा प्रशस्तै भटिन्छन् । मनमा पढ्ने इच्छा हुन्छ तर समस्या पैसामा नै आएर अडिन्छ । यस्ता समस्याहरु विद्यार्थी जीवनमा आउनु नौलो कुरा भने पक्कै होइन ।ari ari1
यस्तै समस्या रुसकी २० वर्षीय एरिआनाको जीवनमा पनि आयो । एरिआना गुणस्तरीय शिक्षाको लागि विदेश जान चाहन्थिन् । तर आर्थिक समस्याका कारण विदेश अध्ययनका लागि जान पाइनन् । सारा कोशिस गरिन् तर कहीँकतैबाट पैसाको जोरजाम हुन नसकेपछि उनले आफ्नो भर्जिनिटी (कुमारित्व) लिलामीको बाटो लिइन् । त्यसबाट आएको पैसाले उनी आफ्नो पढाईलाई अघि बढाउने सोच गरेकी छिन् ।

एरिआना आफूले आफूलाई स्वतन्त्र व्यक्ति मान्छिन् । उनी भन्छिन् भर्जि्निटी बेच्ने उनको आफ्नै निर्णय हो ।