बिजुली थप्न लाइन नै छैन

बिजुली थप्न लाइन छैन

भारतबाट बिजुली ल्याउन समस्या
ढल्केबर–मुजफ्फपुर क्रसबोर्डर प्रसारण लाइनबाट अहिले ८० मेगावाट बिजुली प्रसार भइरहेको छ । तर, थप एक सय ५० मेगावाट बिजुली ल्याउने सहमति भए पनि सिंक्रोनाइजेसनका लागि भइरहेको काम ज्यादै सुस्त छ ।

प्रसारण प्रणाली सिंक्रोनाइजेसन नगरिए ढल्केबर–मुजफ्फपुर
लाइनबाट थप बिजुली सम्भव नै नहुने प्राधिकरण एक प्राविधिकले बताए । ‘ढल्केबरमा २२०-१३२ केभिएको सबस्टेसन निर्माण भए पनि दुई मुलुकबीचको ग्रिड सिंक्रोनाइजेसन नभएका थप विद्युत् ल्याउन सकिँदैन,’ उनले भने, ‘सबस्टेसन आगामी १६ पुस (३१ डिसेम्बर २०१६) भित्र सम्पन्न गर्ने भनिएको छ, तर सिंक्रोनाइजेसनका खासै अध्ययन नै भएको छैन ।’

हिउँदको लोडसेडिङलाई कम गर्न ढल्केबर–मुजफ्फपुर क्रस बोर्डर प्रसारण लाइनमार्फत थप विद्युत् आयात गर्न २२०-१३२ केभिएको सबस्टेसन बनाउन लागिएको हो । सबस्टेसन बनेपछि अहिले आयात भइरहेको ८० मेगावाटसहित यस सबस्टेसनबाट २३० मेगावाट विद्युत् आयातका लागि नेपाल र भारतबीच सहमति भइसकेको छ ।

दुई मुलुकबीचको प्रसारण लाइन सिंक्रोनाइजेसन भएमा मात्रै थप २३० मेगावाट विद्युत् आयात गर्न सकिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘सिंक्रोनाइजेसनका लागि प्राविधिक रूपमा दुई मुलुकका प्राविधिकबाट अध्ययन भइरहेको छ,’ उनले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

Loading...