उपाध्याय र पौड्याल संसदीय समितिबाट अनुमोदित

उपाध्याय बहुमतबाट
उपाध्यायको नाममा एमाले र राप्रपा नेपालका सांसद सहमत नभएपछि समितिले बहुमतका आधारमा उनको नाम अनुमोदन गरेको छ । यसअघि पनि भारतका लागि राजदूत रहेका उपाध्यायलाई केपी ओली नेतृत्वको अघिल्लो सरकारले फिर्ता बोलाएको थियो । राप्रपा नेपालका अध्यक्ष कमल थापा त्यतिवेला परराष्ट्रमन्त्री थिए ।

पौड्याल सर्वसम्मत
समितिमा पौड्यालका नाममा सर्वसम्मति भयो । पौड्याल पूर्वमख्यसचिव हुन् । सरकारले १६ भदौमा भारतका लागि उपाध्याय र चीनका लागि पौड्याललाई राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो । पौड्याल माओवादीको कोटाबाट राजदूत भएका हुन्। आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।