रसुवागढीमा रोकिए ३ सय बढी कन्टेनर

काठमाडौं, असोज १७ – दशैंका लागि चीनको केरुङबाट सामान बोकेर आएका तीन सयभन्दा बढी कन्टेनर रसुवागढी नाकामा थन्किएका छन् ।

स्थानीयका अनुसार कन्टेनर साँघुरो सडकमै राख्दा जोखिम बढेसँगै आवतजावतमा पनि समस्या भएको छ ।

सिन्धुपाल्चोकको तातोपानी नाका विनाशकारी भूकम्पका कारण बन्द भएपछि उत्तरतिर रसुवागढी नाकामात्र सञ्चालनमा छ । स्वाफ्रुबेसी रसुवागढी नाकामात्र सञ्चालनमा छ । स्याफ्रुबेसी रसुवागढी सडकको बीचमा पर्ने टिमुरेमा १५ दिनदेखि तीन सय कन्टेनर थन्किएका छन् ।

भन्सारमा कर्मचारीको अभावमा दैनिक २० २५ वटा कन्टेनरको सामानमात्र जाँच हुँदा समस्या भएको छ । समयमा नै भन्सार जाँच्न हुन नसक्दा लामो समयदेखि सयौं गाडी पालो कुरेर बसिरेहका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

}

Loading...