हात्ती आतङ्कले किसान चिन्तित

भीमदत्तनगर, १७ असोज – विगत केही सातायता कञ्चनपुरमा जङ्गली हात्तीले आतङ्क नै मच्चाएको छ ।

यहाँको पुनर्बास, त्रिभुवनबस्ती, शङ्करपुरका साथै झलारी, दैजी, हात्तीथला, दोधारा चादँनी, भीमदत्तनगरपालिकाको वडा नं १३, १४, १८ र १९ लगायतमा हात्ती सधैँ गाउँ पसेर धानबाली र उखुखेतीमा व्यापाक क्षति पु¥याइरहेको जिल्ला वन कार्यालय कञ्चनपुरले जनाएको छ ।

“चौतर्फी हात्ती आतङ्क हुँदा समस्या भयो ।” जिल्ला वन अधिकृत शिव शर्माले भने – “हात्ती धपाउन विभिन्न उपाय अपनाइए पनि कुनै सीप चलेको छैन ।”

उनले दिनहुँ हात्ती पीडित किसान क्षतिपूर्तिका लागि वन कार्यालयमा धाइरहेको बताए । जिल्ला वन कार्यालयले गत वर्ष १०९ जना हात्ती पीडित किसानलाई क्षतिपूर्ति स्वरुप रु सात लाख दिइ सकेको छ ।

यस वर्ष पनि ६८ जना हात्ती पीडित किसानलाई क्षतिपूर्ति दिने प्रक्रिया अघि बढेको छ । दक्षिण क्षेत्रमा भारतको दुधुवा नेसनल पार्कबाट करिब ४०÷४५ को बथानमा आउने हात्तीले रातभरि खेतीमा क्षति पु¥याइरहेको किसानको भनाइ छ ।

हात्ती धपाउन वन कर्मचारी र स्थानीय आगो बाल्ने, पटका पट्काउने, हो हल्ला गर्ने कार्यमा जुटिरहेका छन् । “शङ्करपुर कुण्डा क्षेत्रमा हामीले साइरन समेत जडान गरेका छौँ ।” वन अधिकृत शर्माले भने – “सबैतिर हात्ती पस्दा धपाउन गाह्रो छ ।”

आरक्षले पनि हात्ती धपाउन आरक्ष सुरक्षार्थ खटिएको भवानीबक्स गण, जिल्ला प्रहरी कार्यालयको प्रहरी टोली र स्थानीयवासी जुटिरहेको जनाएको छ । स्थानीयवासी बजार क्षेत्रमै हात्ती आउन थालेपछि त्रसित बनेका छन् ।

शुक्लाफाँटाबाट दैनिक २५÷३० को सङ्ख्यामा हात्ती नगरपालिकाका विभिन्न क्षेत्रमा सामूहिक प्रवेश गरेर धानबालीमा नोक्सान पु¥याइरहेका छन् । जिल्लाभरिमा यस वर्ष करिब १०० भन्दा बढी बिगाहामा लगाएको धानबाली हात्तीले नोक्सान पु¥याइसकेको छ । रासस