बर्दिया, असोज १६ । जेठाजुले हानेको ढुङ्गा प्रहारबाट भाइबुहारीको मृत्यु भएको छ ।
बर्दिया पाताभार गाविस–८ बस्ने अन्दाजी ५५ वर्षीय जवालसिंह ढकालले हानेको ढुङ्गाबाट बुहारी मनसरा ढकालको मृत्यु भएको प्रहरीले जनाएको छ ।stones
गएराति अंशबन्डा तथा घरायसी झै–झगडा हुँदा मादकपदार्थ सेवन गरेका ढकालले गरेको ढुङ्गा प्रहारबाट आफ्नै बुहारीको टाउकामा गरी गम्भीर चोट लागेको थियो ।
घाइते भएकी बुहारी मनसराको उपचारका क्रममा नर्सिङहोम नेपालगन्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
घटनापछि फरार रहेका जवालसिंह ढकाललाई राति नै कैलाली टीकापुरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।} else {