यस कारण हुन्छ हङकङमा नेपालीबीच ‘ग्याङ फाइट’ (तस्बिर सहित)

रक्सी, नसा र झगडामा जेलिँदै हङकमा नेपाली युवा

काठमाडौं-  हङकङको जोर्डन अति व्यस्त ठाउँ हो। त्यस क्षेत्र वरपर नेपालीहरुको बसोबास पनि उच्च छ। तर त्यहाँ बस्ने नेपाली युवाहरु हप्तै विच्छे ‘लफडा’ भै रहन्छ। आइतबार विहान पनि काउलोनस्थित जोर्डनमा नेपाली युवाहरुबीच ‘ग्याङ फाइट’ भयो।

get_img

‘ग्याङ फाइट’  यस्तो थियो की प्रहरीले सिठ्ठी फुक्दा र चेतावनी दिँदा समेत रोकिनेवाला थिएन। फाइटलाई नियन्त्रणमा लिन प्रहरीले गोली नै चलाउन पर्‍यो। घटनामा प्रहरीको गोली लागेर तीन जना घाइते भए। उनीहरुलाई अस्पताल भर्ना गरिएको छ। गोली लागि एक जना नेपाली युवा गम्भीर घाईते भएको जनाईएको छ। घटना पछि प्रहरीले जोर्डनको पार्कस् स्ट्रिटलाई सिलन्दी गरेको छ। एक महिना अघि मात्र यसै स्थानमा एकजना नेपाली युवामाथि छुरा प्रहार गरिएको थियो।

हङकङमा ग्याङ फाइट गर्ने नेपालीमाथि गोली चलाईएको यो दोस्रो घटना हो। यसअघि २००५ मा आफुमाथि प्रहार गरेको आरोपमा प्रहरीले दिलबहादुर लिम्बुलाई गोली हानी मारेको थियो।

3

तर हङकङमा नेपालीबीच यो पहिलो ‘ग्याङ फाइट’ भने होइन। नेपालबाट हङकङ पुगेका नेपालीहरुका सन्तानहरुबीच धेरै जसो फाइट पर्ने गर्छ। जो उतै जन्मिए र उतैको संस्कृतिमा हुर्कीए उनीहरुबीच विदाको समयमा फाइट परिरहने हङकङमा बसोबार गर्ने एक नेपालीले बताए। उनका अनुसार होलीडेमा अयोजना हुने पार्टीहरुमा मदिराको नसामा फाइट पर्ने गर्छ।

4

जोर्डन क्षेत्रमा ग्रैह्र कानुनी रेष्टुरेण्टहरु सञ्चालनमा छन्। त्यस्ता रेष्टुरेण्टहरु पछिल्लो पटक हङकङे नेपालीहरुका अपराधका केन्द्र बन्दै गइरहेका छन्। अवैध रेष्टुरेण्ट, बार डिस्कोहरुमा अपराध मौलाइरहेको भन्दै त्यस्ता अवैध धन्दा बन्द गराउन प्रहरीलाई पनि दवाव परेको छ।

नेपाली नेपालीबीच मात्र होइन नेपालीहरु ले चिनियाँ तथा अन्य मुलका मानिस माथि पनि आक्रमण गर्ने गरेका छन्। केही दिनअघि मात्र ब्याट्री स्ट्रिटमा ४ जना नेपाली युवाले ५१ वर्षीय चिनियाँ पसलेमाथि हातपात गरेका थिए। त्यो घटनाले स्थानीय चिनियाँहरु नेपाली युवामाथि क्रुद्ध थिए।

पछिल्लो पटक हङकङमा नेपाली युवाबीच मौलाउँदै गएको अपराधिक कर्मले अभिभावकहरु चिन्तामा पर्न थालेका छन्।

5