खेलकुदमन्त्रीले रंगशालामा गाई र बाख्रा देखेपछि…

काठमाडौं, १६ असोज । युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले झापाको भद्रपुरस्थित जिल्ला स्तरीय रंगशाला निरिक्षण गरेका छन् । आइतबार विहानै पुगेका उनले तुरुन्त रङ्गाशालाको पुर्वाधार निर्माण गरी सरसफाई गर्न समेत निर्देशन दिएका छन् ।

जिल्लाको रङ्गाशालामा ठूलो घाँसको झाडी र गाई बस्तु चरेको देखेपछि उनले स्थानिय विकास अधिकारीलाई रङ्गशालालाई व्यवस्थीत बनाउँन निर्देशन दिए । स्थानिय विकास अधिकारीले आफूले समयमै रङ्गाशालाको व्यवस्थापकिय सुधार गर्ने प्रतिबद्धता जनाए ।
सातौँ राष्ट्रिय खेलकुद पुर्वाञ्चलमै हुने भएता पनि माहोल भने नदेखिएपछि मन्त्री श्रीपालीले पुर्वाञ्चलमा माहोल ल्याउने वातावरण बनाउने घोषणा गरे । राष्ट्रिय खेलकुद आयोजना गर्न लागेको पूर्वाञ्चललको निरिक्षणका क्रममा तयारी पुगे नपुगेको विषयमा समेत उनले छलफल गरेका थिए । तर स्थानिय सतरमा भने खेलकुदको कुनै माहोल देखिएको छैन । यद्यपी मन्त्री श्रीपालीले खेलकुदको वातावरण तयार पार्न निर्देशन दिएका छन् ।birat biratnagar
आकश्मिक रुपमा रंगशाला पुगेका उनले रङ्गाशालालाई गौचरण क्षेत्र बनाइएकोमा कर्मचारीसँग स्पष्टिकरण समेत लिएका थिए । रङ्गशालामा खेलाडी भने थिएनन् । स्थायी प्रशिक्षक समेत आफ्नो प्रशिक्षणको जिम्मेवारी छोडेर रङ्गशालामा नदेखिएपछि मन्त्री श्रीपालीले आक्रोस पोखेका थिए । ‘खेल खेल्ने रङ्गशालामा बाख्रा र गाई भैँसी चराइएको छ, खेलाडीहरु नियमित तालिममा छैनन् न त प्रशिक्षक नै छन्,’ मन्त्री श्रीपालीले भने, ‘सबै प्रशिक्षक र खेलाडीहरुले अब समयमा आएर आफ्ना भूमिका निभाउनु पर्छ अन्यथा सरकारले आफ्नो कदम अगाडी बढाउँछ ।’} else {

Loading...