एजेन्सी – पछिल्लो समय लण्डनमा युवाहरुको एक समूहले अनौठो खालको कण्डमको निर्माण गरेका छन् । उनीहरुले यस्तो कण्डम तयार गरेका छन् जसको प्रयोग गरेको खण्डमा यौनरोगबाट सजिलै बच्न सकिन्छ । उक्त कण्डम लगाएर सेक्स गर्दा यदि यौनसाथीमा यौनरोग छ भने कण्डमले आफ्नो रङ्ग परिवर्तन गर्ने गर्दछ । यदि उक्त कण्डमले रङ परिवर्तन गरेको खण्डमा सेक्स पार्टनमा यौन रोग छ भनेर पत्ता लगाउन सकिन्छ ।

cropped-condom

उक्त कण्डमको निर्माण १४ वर्षीय डेनियल अलि, १३ वर्षीय मुआज नवाज र १४ वर्षीय चिराग शाहले गरेका हुन । उनीहरुले यो प्रोजेक्टलाई एसटीआई अर्थात यौन सम्पर्कबाट हुने संक्रमणको नाम दिएका छन् । इलफर्डको इसान न्यूटन एकेडमीसँग सम्बद्ध यी किसोरहरुका अनुसार यौनसम्पर्कको बेला यौनसाथीमा यौनरोग भएको खण्डमा तत्काल थाहा हुने उद्देश्य राखेर यो कण्डमको विकास गरिएको हो । यो कण्डम विकास गरेकोमा लण्डनमा उनीहरुलाई टिनटेक अवार्ड समेत पाइएको छ ।

condom-couple