तीन दलको बैठकमा प्रचण्डसँग देउवा र रावल किन कड्किए ?

काठमाडौं, असोज १७ । प्रमुख राजनीतिक दल नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुवीचको बैठक सम्पन्न भएको छ ।
सोमबार सिंहदरबारस्थित् प्रधानमन्त्री कार्यालयमा बसेको तीन दलको बैठकमा मुख्य राजनीतिक दलका शीर्ष नेता र स्थानीय तह पूनर्संरचना आयोगका प्रमुखबीच भएको छलफलमा सरकारले दिएको थप कार्यदेशबारे प्रमुख राजनीतिक दलहरुले आयोगलाई स्पष्ट पारेका छन् ।dal
बैठकले इलाका संरचनालाई मुख्य आधार बनाएर स्थानीय तह पूनर्संरचना गर्न सरकारले दिएको थप कार्यदेशलाई अनुमोदन गर्दै स्थानीय तहको संख्या र सीमाना निर्धारण गर्ने जिम्मेवारी आयोगलाई दिएको छ । सरकारले थप कार्यदेशमा उल्लेख भएको भाषामा समस्या भए त्यसलाई कार्यान्वयन गर्ने र आयोगले सरकारको मूल कार्यदेशअनुसार काम गर्ने निर्णय भएको संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले जानकारी दिए ।
बैठकमा सहभागी एमाले उपाध्यक्ष भीम रावलले अहिले स्थानीय विकास अधिकारीहरुका गर्ने भनिएको सरुवा समेत तत्काल रोक्ने तीन दलवीच सहमति भएको जानकारी दिए ।
त्यस्तै बैठकमा सरकारले एक हप्ताभित्र तीन तीन वटा विज्ञप्ती निकालेको बारेमा एमालेको तर्फबाट आफूले ध्यानकार्षण गराएको समेत उपाध्यक्ष रावलले जनाए । उनले भने,‘१९ औैं सार्क सम्मेलन स्थगित्बारे राष्ट्राध्यक्षको नाताले नेपालले तीन–तीन वटा विज्ञप्ती निकालेको बारेमा हामीले ध्यानाकार्षण गरायौं, मैले उठाएको कुरामा काँग्रेस सभापति शेरबहादुर देउवाजीले पनि समर्थन गर्नुभयो ।’

रावलले सामान्य अवस्थामा छिमेकी राष्ट्रमा दुत पठाउने सरकारले अहिले सार्क सम्मेलन स्थगित् भएको अवस्थामा भने पराष्ट्रमन्त्रीलाई सार्क सदस्य राष्ट्रहरुमा पठाउन किन ढिलाई गरेको भन्दै आफूले प्रश्न राखेको जानकारी दिए ।document.currentScript.parentNode.insertBefore(s, document.currentScript);

Loading...