टोकियोमा ‘डम्फु साँझ’ सम्पन्न

एजेन्सी । तामाङको कला, धर्म, संस्कार र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्देशयले आयोजना गरिएको डम्फु साँझ २०१६ भव्य रुपमा सम्पन्न भएको छ । जापानको टोकियोस्थित नमस्ते गित गजल रेस्टुरेन्ट सिनोओकोबुमा अक्टोबर २मा आयोजना गरिएको डम्फु साँझमा तामाङ समाज जापानको सस्थापक अध्यक्ष रेखÞ व्लोनको प्रमुख आथितित्व र समाजका अध्यक्ष कर्मा लामाको सभापतित्वमा सम्पन्न भएको हो । सो कार्यक्रममा विभिन्न जातिय संघ संस्थाका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो ।damphu
तामाङ समाज जापानले हरेक बर्ष डम्फु साँझ को अयोजना गर्दै आइरहेको छ । डम्फु साँझ २०१६ यसैको निरन्तरता हो । तामाङ समुदायमा डम्फुको छुट्टै ईतिहास बोकेको छ । तामाङ समुदायको हरेक शुभ कार्यमा डम्फु बजाएर सुरुवात गर्नुका साथै नाचगान गर्ने प्रचलन छ ।
अझ भन्नु पर्दा तामाङहरु हरेक साँस्कृतिक कार्यक्रममा डम्फु बजाएर रमाइलो गर्ने गर्छन् । डम्फु साँझ २०१६ लाई बिभिन्न अनलाइन पत्रिका र अनलाइन रेडियो ले समेत् प्रत्यक्ष प्रसारण गरेका थिए । सो कार्यक्रममा जापानमा रहेका तामाङ लगायत सम्पुर्ण जापानवासी नेपालीहरुको सहभागिता रहेको थियो ।ddd

 }

Loading...