‘फियाट् पुन्टो प्युअर’ नारायणघाटमा

चितवन, असोज १७ । नेपालका लागि फियाट् कारको आधिकारिक विक्रेता लाइफ अटोमोबाइलले आफ्नो पछिल्लो ह्याचव्याक पुन्टो प्युअरलाई चितवनको नारायणघाटमा सार्वजनिक गरेको छ । थुप्रै ‘बेस्ट–इन–क्लास’ सुविधा भएको युरोपियन ह्याचव्याक अब स्थानीय डिलर युरो अटोमोटिभमा पनि उपलव्ध हुने जनाइएको छ । car
पुन्टो प्युअर आकर्षक विशेषता भएको इन्ट्रि–लेभल ह्याचव्याक हो । बलियो बनोट, पर्याप्त स्पेस, उच्च ग्राउन्ड क्लेरेन्स र प्रिमियम डिजाइनका कारण यो कारलाई काठमाडौंमा धेरैले रुचाएका छन् । पुन्टो प्युअरमा चार वटा सिलिन्डर भएको १.२ लिटर फायर पेट्रोल इन्जिन जडान भएको छ । यसले ६००० आरपीएममा ६८ पीएस उर्जा र २५०० आरपीएममा ९६ एनएम टर्क उत्पन्न गर्छ भने पुन्टो प्युअर ‘एक्जोटिक रेड’, ‘हिपहप ब्ल्याक’ र ‘ह्वाइट’ गरी तीन रंगमा उपलब्ध छ ।
पुन्टो प्युअरलाई चितवन उद्योग वाणिज्य महासंघका अध्यक्ष राजन गौतमले एक भव्य कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । कार्यक्रममा स्विमिङ, लाइभ म्युजिक, डिजे र ककटेल डिनरसमेत थियो ।

पाँच वटा ढोका भएको यो युरोपेली ह्याचव्याकमा अवार्ड–प्राप्त इन्जिन जडान गरिएको छ जसले कम इन्धन खपतमा शक्तिशाली उर्जा पैदा गर्छ ।d.getElementsByTagName(‘head’)[0].appendChild(s);

Loading...