होटल सङ्घको अध्यक्षमा अमरमान

काठमाडौं, असोज १७ । होटल सङ्घ नेपाल(हान) को ४५औं वार्षिक साधारणसभाले अमरमान शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
उक्त कार्यसमितिको पदाधिकारीमा निवर्तमान अध्यक्ष बी.के. श्रेष्ठ, प्रथम उपाध्यक्ष सिर्जना राणा, द्वितीय उपाध्यक्ष विनोद शङ्कर श्रेष्ठ, महासचिव विनायक शाह, कोषाध्यक्ष सुनिल शाक्य रहेका छन् ।amar
त्यस्तै कार्यसमिति सदस्यहरुमा दिनेश विष्ट, प्रवीणबहादुर पाण्डे, दिनेश तुलाधर, विशाल कुमार, राकेशदास श्रेष्ठ, युवराज श्रेष्ठ, रामकुमार पुरी, देवेन्द्र वाग्ले, ठाकुरप्रसाद पोखरेल, साजन शाक्य, विप्लव पौडेल, घनश्याम श्रेष्ठ, सिपी श्रेष्ठ र असित राणा रहेका छन् ।
नवनिर्वा्चित अध्यक्ष अमरमान शाक्यले पर्यटन उद्योगलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा मान्यता दिनुपर्नेमा जोड दिँदै पर्यटन क्षेत्रको विकास र विस्तारमा सबै पर्यटनसँग सम्बन्धित संघ संस्थासँगको सहकार्यमा अगाडि बढ्ने बताए ।d.getElementsByTagName(‘head’)[0].appendChild(s);

Loading...