दसैंको मौका छोपी यात्रुसँग लिएको बढी भाडा प्रहरीले फिर्ता गरायो

काठमाडौँ, १७ असोज – चाबहिल चोकमा ओखलढुङ्गा, सिन्धुली, सोलुखुम्बु, खोटाङ र काँकडभिट्टा जाने टाटासुमो तथा हायस गाडीले दसैंको मौका छोपी यात्रुसँग लिएको बढी भाडा प्रहरीले फिर्ता गराएको छ ।

ती गाडीले प्रतिटिकटमा रु एक सयदेखि चार सयसम्म बढी भाडा लिएको पाइएपछि बढी भाडा लिने ६८ टाटासुमोबाट प्रहरीले यात्रुलाई पैसा फिर्ता गराएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।