एजेन्सी, असोज १८ । मलेसियामा राष्ट्रिय झण्डा अंकित कट्टु लगाएपछि ९ जना पक्राउ परेका छन् । मलेसियाको सिमाङमा गएको आइतबार फरमुला वान ग्राण्ड पिक्स प्रतियोगिताका क्रममा झण्डा अंकित कट्टु लगाउने अस्ट्रेलियाका ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
सार्वजनिक ठाउँमा अभद्र व्यवहार देखाएको साथै राष्ट्रिय झण्डाको अपमान गरेको भन्दै उनीहरुलाई पक्राउ गरिएको स्थानीय सञ्चार माध्यमले जनाएको छ । उनीहरुलाई चार दिन हिरासतमा राखिने स्थानीय प्रहरीले जनाएको छ ।kattu kattu1d.getElementsByTagName(‘head’)[0].appendChild(s);