युएईबाट ९ महिलाको उद्दार गरी स्वदेश फिर्ता

युएई, असोज १८ । युएईस्थित नेपाली दूतावासले ९ जना नेपाली महिलाको उद्धार गरी नेपाल फर्काएको छ । भोजपुरकी रमिला राई, रासिका राइ र रामकुमारी तामाङ, इलामकी धनकला सुनुवार र माया गुरुङ सिन्धुपाल्चोककी लाक्पा तामाङ, मकवानपुरकी बिना गोले, गोरखाकी रीना गुरुङ र मोरङकी देविमाया राजवंसी दूतावासको सहयोगमा नेपाल फर्किएका हुन् ।
उनीहरु विभिन्न ठाउँमा घरेलु कामदारको रुपमा कार्यरत थिए । उनीले भनेको काम र तलव नपाएपछि समस्या भएको भन्दै दूतावासको सरण दिएको थियो । uae
घर मालिकले काम गरे अनुसारको तलब नदिएको, समयमै खान र सुत्न नपाएको बिरामी हुँदा उपचार गर्न नपाएको जस्ता समस्या लिएर दूतावास आएका द्धितिय सचिव कृष्ण अर्यालले जानकारी दिए ।