संसारकै बढी बालबिवाह हुने तेस्रो मुलुक नेपाल

काठमाडौं, असोज १८ । नेपाल बाल मजदुर सरोकार केन्द्र सिविनले सार्वजानिक गरेको प्रतिवेदन अनुसार बंगलादेश र भारतपछिको सबै भन्दा बढी बालविवाह हुने देशको रुपमा नेपाल रहेको छ ।
नेपालमा ३७ प्रतिशत बिवाह १८ वर्ष नपुग्दै र १० प्रतिशत बिवाह १५ वर्ष नपुग्दै हुने गरेको प्रतिवेदनमा उल्लेख छ । नेपालमा बालविवाहलाई गैरकानुनी र दण्डनीय मानिए पनि बाल विवाह हुने क्रम भने नरोकिएको सिविनले उल्लेख गरेको हो । नेपालले २० वर्ष उमेर पुगेपछिको बिबाहलाई मात्र मान्यता दिएको छ । नेपालले सन् २०३० सम्ममा नेपालमा बालबिवाहको अन्त्य गर्ने लक्ष्य लिएको छ ।
सिविनको प्रतिवेदन अनुसार नेपालमा बालिका साक्षरता भन्दा बालकको साक्षरता दर उच्च रहेको छ । यसरी हेर्दा नेपालमा अझै पनि छोरा र छोरीमा फरक गरिने वा छोरीलाई विद्यालयसम्म नपठाउने चलन रहेको देखिन्छ । बालिकाहरुले आफ्नै घरपरिवारबाट दुव्र्यवहार पनि बेहोर्नु गरेको देखिएको छ । एक सय जना बालिका मध्ये २४ जनाले आफ्नै परिवारको सदस्यबाट दुव्र्यवहार भोग्ने गरेको प्रतिवेदनमा उल्लेख छ । child
नेपालमा १६ लाख बालबालिका विभिन्न प्रकारको श्रममा संलग्न छन् । उनीहरु मध्ये ६ लाख २० हजार बालबालिका जोखिमपूर्ण श्रम गर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । एक सय जना बालिका मध्ये ३८ जना बालिकाले जोखिमपूर्ण श्रम गर्ने गरेको छ । खुला सीमानाका कारण विभिन्न बाहनामा बालबालिकाको ओसार पोसार हुनेपनि प्रतिवेदनमा उल्लेख छ । एक देखि दुई हजार नेपाली बालबालिका नेपाल र भारतका विभिन्न स्थानहरुमा सर्कसमा काम गर्दछन्, भने त्यस मध्ये ९० प्रतिशत घरबाट ओसार–पसार तथा वेचविखनमा परेका छन् ।