बुम रेमिट्यान्सको एजेन्ट बन्यो जनता बैँक

काठमाडौं, असोज १८ । बुम रेमिट्यान्स प्रा. लि. ले जनता बंैक नेपाल लिमिटेडलाई आज आफ्नो एजेन्ट नियुक्त गरेको छ । बुम रेमिट्मार्फत नेपालीले विदेशबाट पठाएको रकम जनता बंैकले आफ्नो सबै शाखाहरुमार्फत भुत्तानी गर्नेछ ।
जनता बंैक नेपाल लिका सबै शाखाहरुले बुम रेमिट् सफ्ट्वेयर मार्फत आन्तरिक विप्रेषण पठाउनुका साथै भुत्तानी पनि गर्न सक्ने जनाइएको छ । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा १८ सय वटा भन्दा बढि सब–ऐजेन्टहरु छन् ।
उक्त सम्झौतामा बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र जनता बंैक नेपाल लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक कल्याण बिक्रम पाँडेले सम्झौता पत्रमा हस्तक्षर गरे ।janata-bank-tie-up-photo1
हाल बुम रेमिट्यान्सले खाडी मुुलुकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ । यसले चाँडैनैं मलेसिया, कोरीया, जापान, क्यानडा, अस्टे«लिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ ।
आन्तरिक सञ्जाललाई तिब्ररुपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफनो सञ्जाललाई विस्तार गर्दै जाने रणनिति रहेको प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले बताए । पन्तका अनुसार बुम रेमिटले विभिन्न बैंकहरुसँग सहकार्य गरी विदेशमा समेत बजार प्रवद्र्धन गरी नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ ।
बुम रेमटले हुन्डी कारोबारलाई निरुत्साहित गर्न नेपाल र विदेशमा वँैकिङ साक्षरता कार्यक्रम गर्दै आएको प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले बताए ।