चितवन, असोज १८ – चाडपर्वलाई लक्षित गरी दुर्घटना न्यूनीकरण गर्न राजमार्गमा गुडिरहेका गाडी रोकेर चालकको नेत्र परीक्षण सुरु गरिएको छ ।dscn2361

जिल्लास्थित प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयले संयुक्तरुपमा सवारी दुर्घटना न्यूनीकरण गर्न चालकका लागि दुईदिने नेत्र परीक्षण शिविर सञ्चालन गरिएको ट्राफिक प्रहरी प्रमुख राजन भेटवालले जानकारी दिए ।
सोमबारको नेत्र परीक्षणका क्रममा ६६ चालकको आँखा जाँच भएको र आज पनि शिविर जारी रहेको भेटवालले बताए ।
लायन्स क्लब आफ इन्टरनेसनल तथा नेत्र ज्योति सङ्घको सहयोगमा केन्द्रीय बस पार्कमा आँखा परीक्षण थालिएको हो ।
‘दुर्घटना हुँदा चालकको लापर्बाही, इन्जिन बिग्रियो, ब्रेक फेल भयो मात्रै भन्छौँ, कतै आँखाको कमजोरीले त होइन भनेर नयाँ प्रयोगका रुपमा यात्रुबाहक बसका चालकको आँखा परीक्षण थालेका हाँै”, भेटवालले भने – “कुनै कमजोरी पाइएमा सम्बन्धित बसधनीलाई जानकारी गराउने छौँ ।”
गम्भीर प्रकृतिको अवस्था देखिए सवारी चालकलाई सवारी सञ्चालनमा रोक लगाउने कार्या गर्न पनि भेटवालले जानकारी दिए ।
शिविरमा रहेका छ चिकित्सकले पूर्व पश्चिम राजमार्गमा सवारी चलाउँदै आएका चालकका गाडी रोकेरै नेत्र परीक्षण गरिरहेका छन् ।
एक चालक कृष्ण शर्माले आँखा जाँचले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने भन्दै यस्ता कार्यक्रम बेलाबेलामा राख्नुपर्ने बताए ।

} else {