बाबुराम भट्टराईलाई खोज्दै डेढ महिना लगाएर नेपाल प्रहरी गोरखपुरस्थित उनको डेरामै पुग्दा…

२०५४ साल भदौमा कास्कीको पुम्दीभुम्दीमा पश्चिम क्षेत्रको प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो । प्रशिक्षणका लागि बाबुराम भट्टराई बुटवलबाट मोटरसाइकलको पछाडि बसेर पाल्पा हुँदै कास्की जाँदै थिए । स्याङ्जामा मोटरसाइकल दुर्घटना भयो । बाबुरामको दाहिने हात भाँच्चियो । भाँच्चिएको हात कपडाले बेरेर बाबुराम पोखरा पुगे । भोलिपल्टको प्रशिक्षण सकेपछि उनी आफुले चिनेका डाक्टर बुद्धिबहादुर थापाको क्लिनिक पुगे ।
डाक्टर थापाले उपचार त गरिदिए तर उनका एक जना हेल्थ एसिस्टेन्ट एमालेका कार्यर्ता रहेछन् । उनले बाबुरामलाई चिनेपछि हल्ला भयो । बाबुराम पोखरा आएको चाल पाएपछि प्रहरी उनको खोजीमा सक्रिय भयो । उपचारलगत्तै बाबुराम भरतपुर, बुटवल, हुँदै मोटरसाइकल चढेर गोरखपुरतर्फ लागे । प्रहरी बाबुरामलाई पछ्याउँदै चितवन हुँदै बुटवलसम्म पुग्यो । बुटवलबाट बाबुराम कता लागे, प्रहरीले पत्ता लगाउन सकेन । बाबुराम सकुशल गोरखपुर पुगे । baburam
तर, प्रहरीले बाबुरामलाई खोज्न भने छाडेन । डेढ महिना लगाएर प्रहरी बाबुरामलाई खोज्दै गोरखपुरस्थित उनको डेरामै पुग्यो । डेरामा नरहेकाले उनी बचे । नेपाल प्रहरी आफुलाई खोज्दै डेरासम्मै पुगेको सुईँको पाउनासाथ बाबुरामले डेरा सारे । (‘अविराम बाबुराम’बाट)

Loading...