फोटो पत्रकार समूहले सम्हाल्यो कार्यभार

काठमाडौं, असोज १८ । राष्ट्रिय फोटो पत्रकार समूहको नवनिर्वाचित कार्यसमितिले आजदेखि औपचारिक रुपमा कार्यभार सम्हालेको छ । समूहको हालै भएको ९ औँ साधारण सभाबाट चुनिएका अध्यक्ष ध्रुव आलेलगायतको नेतृत्वले कार्यभार सम्हालेको हो ।

नितर्वमान अध्यक्ष राजभाई सुवालले आज काठमाडौंमा आयोजित एक कार्यक्रममा नवनिर्वाचित अध्यक्ष आलेलगायतलाई कार्यसमितिका अन्य पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरेका हुन् । त्यस अवसरमा निर्वतमान अध्यक्ष सुवाल, अध्यक्ष आले, पूर्व अध्यक्ष कविन्द्रमान शाक्य तथा जगदिश तिवारीलगायतले समूहको २० औँ वर्षगाँठलाई भव्य रुपमा मनाउने उद्देश्यले तयार पारिएको लोगो समेत सार्वजनिक गरे ।photo
कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूह तथा फोटो ग्राफीको क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने फोटो पत्रकारहरुलाई सहयोग पु¥याउने विभिन्न फोटो पत्रकारहरुलाई सम्मानपत्र समेत प्रदान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष राजभाई सुवालले व्यवसायी फोटो पत्रकारहरुको पुरानो संस्थाका रुपमा रहेपनि एनएफपीजेले २० वर्षको समयमा सोचे अनुसार काम गर्न नसकेको भन्दै आउँदा दिनमा यसलाई थप गतिशिल बनाएर अघिबढ्न आग्रह गरे ।
एनएफपीजेका अध्यक्ष ध्रुव आलेले २ वर्षको कार्यकालमा देखाउन सकिने गरी केही काम गर्न खोजिएको बताए । उनले त्यसका लागि आफूहरु मात्रै एक्लै अघि बढेर नमिल्ने भन्दै सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए । त्यस क्रममा हाल अमेरिकामा रहेका फोटो पत्रकार राजेन्द्र मानन्धरलाई संस्थाको आजीवन सदस्यता प्रदान गरिएको थियो । सदस्यता लिएलगत्तै छोटो प्रतिक्रिया दिँदै मानन्धरले आगामी दिनमा फोटो पत्रकारहरुको हक हितका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।