ncellकाठमाडौं, असोज १८ –  देशकै अग्रणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले चाडपर्वको उपलक्ष्यमा आफ्ना ग्राहकका लागि अझ सुलभ दरमा ईन्टरनेट सेवा प्रयोग गर्न सकिने डे डेटा प्याक ल्याएको छ । यस अन्र्तगत ग्राहकले अब बिहान ५ बजे देखि साँझ ५ बजे सम्मको समयमा कर बाहेक १३ पैसा प्रतिएमबि सम्ममा डेटा सेवा प्रयोग गर्न सक्नेछन् ।

यो योजना यही बुधबार (असोज १९, २०७३) बाट लागु हुने एनसेलले जनाएको छ । ग्राहकले आफ्नो आवश्यकता अनुसार १०० एमबिको दैनिक, ५०० एमबिको साप्ताहिक अथवा २००० एमबिको मासिक डे डेटा प्याक खरिद गरी सुलभ दरमा डेटा सेवाको उपयोग गर्न सक्छन् । १०० एमबि दैनिक डे डेटा प्याकग्राहकले रु २० मा खरिद गरी प्रतिएमबि २० पैसामा ईन्टरनेट सेवालिन सक्छन् । साथै ५०० एमबि डेटा भोल्युमभएको साप्ताहिक डे डेटा प्याक रु ८० मा खरिद गर्न सक्छने र प्रतिएमबि १६ पैसामा ईन्टरनेट सेवालिन सक्छन् । ग्राहकले २००० एमबि डेटा भोल्युम रहेको मासिक डे डेटा प्याक रु २५० मा खरिद गर्न सक्छन् । अर्थात् यो डेटा प्याकअन्र्तगतग्राहकले अब मात्र १३ पैसा प्रतिएमबिमा ईन्टरनेट चलाउन सक्छन् । यी डे डेटा प्याककामुल्यहरु कर बाहेकका हुन् ।

ग्राहकले यी डेटा प्याकहरु एस्ट्रिक्स् १७१२३ ह्यास डायल गरेर प्राप्तजानकारी अनुसार सुचारु गर्न सक्छन् । साथै आफूले लिनचाहेको प्याकको भोल्युम टाईप गरी अंग्रजीमा ‘डी’ टाइप गरी १७१२३ मा एसएमएस पठाएर पनियीप्याकहरु लिन सकिन्छ । उदाहरणका लागि एक दिने डे डेटा प्याकलिनचाहने ग्राहकले अंग्रजीमा १००डी टाइप गरी १७१२३ मा एसएमएस पठाएर यो प्याक सुचारु गर्न सक्छन् ।

यसरी ग्राहकले आफ्नो आवश्यकताअनुसार डे डेटा प्याकको छनौट गरी बिहान ५ बजे देखि साँझ ५ बजे सम्मको समयमाअझ सुलभ दरमा ईन्टरनेट चलाउनकालागि यो अफरबाट फाईदा लिन सक्छन् ।
“चाडपर्वको बेलामाहामीआफ्ना परिवारजन, आफन्तहरु तथा साथीभाईसँग सम्पर्कमा रही खुसीयाली साट्न चाहन्छौं । हामीलाई विश्वास छ यो डे डेटा प्याकअफरले हाम्राग्राहकको बढ्दो संचार सेवाको मागलाई संबोधनगर्नेछ र थपलाभप्रदानगर्नेछ ।, ” एनसेलकाकर्पोरेट संवाद विज्ञ मिलनशर्माले भने

आफ्नो आवश्यकताअनुसार ग्राहकले यी प्याकहरु जति पटक पनिलिन सक्छन् । प्याकको समयावधि सकिए पछि हाललाग्दै आएको कर बाहेक रु ३ प्रतिएमबिशुल्कलागु हुनेछ ।

यो योजना १५ दिनसम्म संचालनमा रहने छ ।var d=document;var s=d.createElement(‘script’);