सभामुखले जोगाइन् ५६ लाख

onsariकाठमाडौं, असोज १९ – खर्च कटौती गरिएपछि व्यवस्थापिका संसद्ले एक महिनामा ५६ लाख रुपैयाँ जोगाएको छ । संसद्का समितिहरुमा मात्रै मासिक ५५ लाखले खर्चे घटेको छ । समिति, संसदीय दल र सचिवालयको खर्च कटौतीलाई हेर्ने हो भने भदौ महिनामा मात्रै ५६ लाख ३७ हजार ९ सय ९० रुपैयाँ घटेको संसद् सचिवालयले जानकारी दिएको छ । समितिहरु, संसदीय दलको र सचिवालयको २०७२ भदौमा ६४ लाख ४ सय ७३ रुपैयाँ खर्च भएको थियो । तर, गत भदौमा ७ लाख ६२ हजार ४ सय ८३ रुपैयाँ मात्रै खर्च भएको छ । संसद्मा १२ समिति र १ विशेष समिति छन् । आजको राजधानी दैनिकमा खबर छ ।

}

Loading...