सुनसरी पुगेर बाबुरामले भने, ‘तत्काल संविधान संशोधन गर’

baburamकाठमाडौं, असोज १९  – नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

सुनसरी सदरमुकाम इनरुवामा मंगलबार आयोजित संविधानको एक वर्ष : कार्यान्वयन, चुनौती र आगामी कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. भट्टराईले धर्मनिरपेक्षता, लोकतन्त्र र संघीय गणतन्त्रलाई संस्थागत गर्नका लागि पनि संविधान संशोधन आवश्यक रहेकामा जोड दिए ।
देशको आवश्यकता र शान्ति कायम गर्नका लागि मधेसी, थारु, आदिवासी, जनजातिलगायत माग सम्बोधन हुने गरी संविधान संशोधन गर्नुपर्ने र सबैको अपनत्व झल्किनुपर्नेमा उनले जोड दिए । आजको राजधानी दैनिकले खबर छापेको छ ।