विवाह समारोहमा आक्रमण, ३० को मृत्यु

एजेन्सी – सिरियामा कुर्दिस समूदायको एक विवाह समारोहमा आत्मघाती बम आक्रमण कम्तीमा पनि ३० जनाको मृत्यु भएको छ । उत्तरपूर्वी सिरिामा आक्रमणकारीले विवाह समारोह चलिरहेका बेला विष्फोट गराएका थिए ।

सिरियाको हस्काहा प्रान्तमा कुर्दिस समूदायलाई लक्ष्य गरी विवाह समारोहमा आत्मघाती आक्रमण भएको हो । घटनामा परी घाइते भएकामध्ये धेरैको अवस्था चिन्ताजनक रहेकाले मृत्यु हुनेहरुको संख्या थप बढ्न सक्ने बताइको छ ।

}

Loading...