संसद्को खाना-नास्ता खर्च : तीन वर्षमा ११ करोड !

संसद्को खाना-नास्ता खर्च : तीन वर्षमा ११ करोड

पछिल्ला दिनमा खाना–खाजा कुपनको व्यापक दुरुपयोग हुन थालेपछि सभामुख ओनसरी घर्तीले आर्थिक मितव्ययिता अपनाउन भन्दै खाजा खाना कुपन गत १ भदौं वाट कटौती गरेकी थिइन् ।

त्यसको सट्टा संसद सचिवालयले समिति वैठक चल्दा समिति सदस्यहरुलाई विगतमा दिइदै आएको १ सय ५० रुपैया भत्तामा २५० रुपैया थप गदै ४ सय रुपैया उपलब्ध गराउादै आएको छ ।

कुन आर्थिक वर्षमा कति खर्च ?
पछिल्लो तिन वर्षमा संसद सचिवालयले खाना खाजामा मात्रै कुल १० करोड ७८ लाख १९ हजवार ९ सय ३५ रुपैया ३१ पैसा खर्च गरेको छ । आथिर्क वर्ष २०७०-०७१ मा १ करोड ५ लाख, ०७१-०७२ मा ४ करोड ६० हजार ५८ हजार २ सय १० र आर्थिक वर्ष २०७२-०७३ मा ५ करोड १२ लाख ६१ हजार ७२४ रुपैया ७१ पैसा खाना खाजामा सचिवालयले खर्च गरेको छ ।

ca2

एकै दिन ३७ सय कुपन गएपछि कटौती
ससदका समितिहरुको वैठक वस्दा खाना, खाजाको कुपनमा ब्यापक दुरुपयोग हुदै आएको गुनासो संसद सचिवालयमा पटक पटक उठदै आएको थियो । संसद सचिवालयकै रकेर्डमा सवैभन्दा वढी अहिलेसम्म ३७ सय सम्मका कुपन एकै पटक वाडिएको घटनासम्म भेटिएको थियो ।
‘ब्यवस्थापिका संसदमा सांसदहरुको क्ल संख्या ५९५ छ, तर कुपन नै ३७ सय सम्म वाडिएको रकेर्ड सचिवालयस“ग भेटिएको थियो,’ सचिवालय स्रोतले भन्यो, ‘यो खालको दुरुपयोग पनि देखिएपछि मितब्ययी वनाउनका लागि सभामखुले खाजा खानाको कुपन रोकेर थप भत्ता उपलब्ध गराउने निर्णय गरेपछि गत वर्षको तुलनामा ५६ लाख रुपैया वचत देखिन आयो । ’

सभामुखको अवको योजना संसदीय दलको खर्च पनि कटौती गर्ने
सभामुख घर्ती संसदमा खाजा खानाको कुपन कटौती पछि अव संसदीय दलको खर्च कटौतीमा लागेकी छिन् । उनले त्यसका लागि तयारी थालेकी स्रोतले वतायो ।

संसद सचिवालयले अहिले संसदमा प्रतिनिधत्व गर्ने सवै दलका संसदीय दलको कार्यालयमा चिया, कफि, चियापत्ति, चिनी, पानी लगायतका लागि पनि खर्च गदै आएको छ ।

‘संसदीय दललाई उपलब्ध गराउादै आएको खर्च पनि सभामखुले अव कटौतीको तयारी गरेको सचिवालय स्रोतले भन्यो ।

‘सभामखुको सचिवालयमा हुदै आएको आर्थिक ब्यभार घटाउन सभामुखले लामो समय अध्ययन गर्नुभएको छ । त्यसैका लागि उहाँले विभिन्न पक्षसाग पनि छलफल गर्नुभएको थियो,’ संसद सचिवालय स्रोतले नया पत्रिकासाग भन्यो, ‘अव के के गर्ने भन्नेमा सभामखु थप अध्ययनमा हुनुहुन्छ, उहाले संसदीय दलहरुको खर्च अव छिट्टै कटौती गर्नु हुदैछ ।’

यस अगाडी पनि यस्तो निर्णय गरेकी थिइन्
सभामुख घर्तीले यस अगाडी पनि सचिवालय सुधारका केही प्रयास गरेकी थिइन् । उनले गत १५ फागुनवाट सार्वजनिक विदाका दिन संसद वन्द गर्ने निर्णय गरेकी थिइन् । त्यसका लागि उनले संसद सचिवालयको मूल गेटमै ताला लगाउन निर्देशन दिएकी थिइन् । त्यसयता सार्वजनिक विदामा संसद सचिवालय वन्द हुदै आएको छ ।

शनिवार लगायत अन्य सार्वजनिक विदाका दिनमा पनि संसद सचिवालयमा कामै नभए पनि कर्मचारी पुगेर हाजिरी गरेर थप भत्ता लिने प्रवृति देखिएपछि सभामखुले त्यस्तो निर्णय गरेकी थिइन् । त्यसयता सभामखुको त्यस्तो निर्णय कार्यान्वयन हुदै आएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।