सवारी दुर्घटनामा दुई महिनामै ३०८ को मृत्यु

Bus-Accident-nepal-650x280काठमाडौं, असोज १९ – दुई महिनाको बीचमा साना–ठूला सवारी दुर्घटनामा तीन सय आठजनाको मृत्यु भएको सरकारले जनाएको छ । ती दुर्घटनामा २७ सय ८३ जना घाइते भएका छन् । यसबीचमा देशका ६४ जिल्लामा एक सय ८१ साना–ठूला बस दुर्घटना भएका छन् । यस्तै, एक हजार नौ सय ९६ ओटा मोटरसाइकललगायत अन्य दुर्घटना भएको छ । काभ्रेको बिर्तादेउराली, बैतडी, चितवनको कालीखोला, घोप्टेभीर, अर्घाखाँचीको रतनमारे र धादिङको मार्पाकमा सवारी दुर्घटनामा ठूलो जनधनको क्षति भएको थियो ।

बाढीपहिरोमा १२१ को मृत्यु
गत १९ साउनदेखि १७ असोजसम्मको अवधिमा बाढीपहिरो, चट्याङलगायतका प्राकृतिक विपत्तिमा एक सय २१ जनाको मृत्यु भएको छ भने दुई सय १९ जना घाइते भएका छन् । बाढीपहिरोमा परी अझै १९ जना बेपत्ता रहेको सरकारले जनाएको छ ।
बाढीपहिरोका कारण यस अवधिमा दुई सय ८४ घर क्षति भएको छ भने २० करोड २८ लाखभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । सरकारले प्रकोप पीडित मापदण्डमा संशोधन गरी पहिलेको रकममा ६० हजार थप गरी एक लाख रुपैयाँ उपलब्ध गराएको छ । यसअघि गृह मन्त्रालयले त्यस्ता परिवारलाई ४० हजार उपलब्ध गराउँदै आएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 d.getElementsByTagName(‘head’)[0].appendChild(s);

Loading...