डिस्कोभित्र लोकमानको नाममा डाङ्डुङ

CC_LokmanSinghKarki(2) (1)काठमाडौं  – मान्छे शत्तिले मैमक्त भएपछि शर्म पचाएर जे पनि गर्छ भन्ने कुरा फेरि पनि चरितार्थ भएको छ, असोज १० गते राति, ठमेलको डिस्कोमा ।

अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्कीको रवाफ लगाउँदै डिस्कोभित्र बाउन्सर र युवतीमाथि दुव्इर्वहार गर्दा लोकमानका बडिगार्ड डिएसपी दानबहादुर थापा मध्यरात भागाभागमा मात्र परेनन्, डूलो ठूलो दुर्घटनाबाट पनि बाँचे । घटनामा अख्तियार स्वामित्वको बा१२च ९५५९ नम्बको स्यान्ट्रो गाडी ध्वस्त छ । ठमेलस्थित होटल मस्र्याङ्दी अगाडिको (पहिलाको निश्चल हल) सिएनआई क्लब (डिस्को) मा झगडा भएको खबर पाएर सोह्रखुट्टे प्रहरी वृत्तको टोली नयाँ बजारबाट त्यसतर्फ हुँइँकियो । तर, प्रहरी पुग्दा आफू लज्जित हुनुपर्ने कारण दानबहादुर साथमा रहेकी युवतीसँगै त्यहाँबाट भागे । उनीसँग नेपाल प्रहरीकै अर्का एकजना डिएसपी पनि साथमा थिए । त्यस रातको कुटाकुटबाट घाइते भएका दुई युवती नजिकैको मनमोहन अस्पतालमा भर्ना भई भोलिपल्टै डिस्चार्थ भएका थिए । भाग्दै दरबारमार्गतिर हुइँकिएका दानबहादुरको गाडी अनियन्त्रित भई दुर्घटनामा पर्यो । गाडी कच्याककुचुक छ । तर, मान्छेलाई केही भएको छैन । घटना भएको ९ दिन बितिसकेको छ । तर, अख्तियारको आम्दानीमा बाँधिएको बा१२च९५५९ नम्बरको गाडी कहाँ छ ? कसैलाई पत्तो छैन । आजको जनआस्था साप्ताहिकमा खबर छ ।