लुक्ला सफाई अभियानमा तारा एयर

काठमाडौं, असोज १९ । सगरमाथा पोल्यूशन कन्ट्रोल कमिटी (एसपीसीसी)सँगको सहकार्यमा तारा एयरले सगरमाथा क्षेत्रमा फोहर व्यवस्थापना कार्यक्रम शुरु गरेको छ ।
तारा एयरले आफ्नो कर्पोरेट सोसियल रेस्पोन्सिविलिटी (व्यवसायिक सामाजिक उत्तरदायित्व) अन्तर्गत यो कार्यक्रम सञ्चालन गरेको हो ।air
एसपीसीसीले बार्षिकरुपमा करिव १२ टन फोहर संकलन गर्ने योजना बनाएको हो । तर, हाल एसपीसीसीले सगरमाथा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र अन्तर्गतका चौरिखर्क, नाम्चे र खुम्जुङ गरी तीन गाबिसबाट २ दशमलव ६ टन मात्र फोहर संकलन गर्न सफल भएको छ ।
यसरी संकलित फोहर एसपीसीसीले लुक्लामा सञ्चय गर्ने गरेको छ । तारा एयरले एसपीसीसीसँग सहकार्य गर्दै लुक्लामा संकलित फोहर जम्मा गरी काठमाडौंमा व्यवस्थापन गर्न निःशुल्क सहयोग उपलव्ध गराउने बताएको छ । कम्पनीका अनुसार यसका लागि उपयुक्त तरिकाले लुक्लाबाट काठमाडौं उडानको व्यस्था मिलाइएको छ । पर्यटनबाट यस क्षेत्रमा हुने नकारात्मक वातावरणीय असरलाई न्यूनिकरणमा तेवा पु¥याउने सोचका साथ तारा एयरले यस क्षेत्रबाट सम्भव भएसम्म फोहर हटाउने प्रयासको थालनी गरेको हो ।
सन् २००८को बसन्तमा एसपीसीसी र स्थानिय वातावरण सम्बन्धित एनजीओ (गैह्र सरकारी संस्था), दी हिमालयन क्लब ,लुक्लासँगको सहकार्यमा तारा एयरले करिव १७ टन बियरका खाली बोतल लुक्लाबाट काठमाडौंमा उतारेको थियो ।
सन् १९९१देखि एभरेष्ट क्षेत्रको फोहर समस्याको सम्बोधन गरिरहेको एसपीसीसी फोहर व्यवस्थापन समाधान तथा वकालतका लागि नमुनाका रुपमा स्थापित भइसकेको छ । स्थानिय समूदायहरुको प्रत्यक्ष समन्वयमा यसले प्रमुख बासस्थान तथा ट्रेकिङ ट्रेल्समा रहेका फोहर ब्यवस्थापन गरिरहेको छ ।
हाल एसपीसीसी खुम्बी क्षेत्रलाई सफा राख्न दिगो फोहर व्यवस्थापन योजना विकास गर्ने कार्यमा केन्द्रीत रहेको छ । यो अभियानले पर्यटकका साथै स्थानियमा उच्च हिमालय क्षेत्रको पारिस्थितिक सन्तुलनको महत्वबारे जागरुकता ल्याइ यसको थप विकासमा उल्लेख्य तेवा पु¥याउने दुबै संस्थाले विश्वास लिएका छन् ।
तार एयरले जुन २९मा एसपीसीसीसँग फोहर व्यवस्थापनका लागि एमओयूमा हस्ताक्षर गरेको हो ।} else {

Loading...