कुरा नमिल्दा विदेशसम्मै कचिंगल

prachandaकाठमाडौं, असोज १९ – गठन मितिका आधारमा पुष्पकमल दाहाल नेतृत्वको सरकारले आज ६३ औं दिनमा टेक्दै छ । अर्थात्, १९ साउनमा गठन भएको सरकारले आज १९ असोज लागिसक्दा मन्त्रिपरिषद्लाई नै पूर्णता दिएको छैन । यो पंक्ति लेखिरहँदा पनि प्रधानमन्त्री पुष्पकमल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच राज्यमन्त्री थपिहाल्ने कि थाती राख्ने भन्नेमा तर्क वितर्क चल्दै थियो ।

यसप्रकार सरकार केवल बनाउनका लागि मात्रै बनाइएको कुरालाई फेरि पनि सरकारकै कार्यशैलीले पुष्टि गरेको छ । अर्थात् दसैं लागिसक्दा पनि दसैंअघि सम्पन्न गरिने भनिएका महत्त्वपूर्ण कार्यभार पूरा गर्नेमा यो सरकार असफल रह्यो । मुख्यतः स्थानीय निकायको पुनःसंरचना र तीन तहका निर्वाचन मिति घोषणा गर्ने काम सरकारको काँधमा रहेको सबभन्दा महत्त्वपूर्ण जिम्मेवारी थियो । तीमध्ये कुनैले पनि मूर्तरुप लिएनन् । मन्त्रिपरिषद्ले स्थानीय निकायको मापदण्ड तोक्यो । तर, पुनःसंसचना आयोगले मन्त्रिपरिषद्बाट तोकिएको मापदण्ड प्रति असन्तुष्टि जनाउँदै संविधानविपरीत काममा ल्याप्चे नलगाउने बताएको छ । आज बुधबारका दिन बितेपछि दसैंअघि जम्मा दुई दिन बाँकी छ, सरकारी कामकाजको । आजको जनआस्था साप्ताहिकमा खबर छ ।