विष पिएर मर्नुअघि चेलीलाई बाई–बाई

काठमाडौं, असोज १९ – एउटा २७ वर्षको हट्टाकट्टा जवान, खोलामा लडिरहेको छ । खल्तीबाट बरामद हुन्छ, एउटा चिर्कटो । लेखिएको छ, ‘न तिमीलाई सम्झिनसक्छु, न बिर्सन नै …।’

छोरा जन्मिन्छ, हुर्किन्छ र उमेरले २७ वर्षको पुग्छ । अनि, मोबाइलबाट बुबा र दुई बहिनीलाई पालैपालो एउटा सन्देश सुनाउँछ, मैले विष पिएँ । आइएम सरी …।’

यसपछि बहिनी पद्या र रमाले दाइको स्वर प्रत्यक्ष र फोनमा कतै पनि सुन्न पाएनन् । त्रिशूलीबाट फर्किँदा छोरालाई घर गएर खाना खाऊ भन्न बुबा यामराज पाठकले फोन गरे । सुरुमा माछापोखरी बालाजु छु भन्ने छोराले एकछिनपछि विष पिएको सन्देश सुनाउँछ । बुबा श्यामराज छोरालाई सम्झाएर घर बोलाउँछु त भन्दै थिए । तर, छोरो भेटिँदा लामतन्न लास भएर लडिरहेको छ । हेर्दाहेर्दै जीवनभरको अगाध माया र प्रेमले हुर्काएको प्यारो छोरो आर्यघाटमा खरानी भयो । अरुलाई दसैंको उमंग छ तर पाठक परिवार पुत्र वियोगमा थाम्नै नसक्ने पीडा बोकी क्रियामा बसेका छन् । नुवाकोटमा दर्ता भई काठमाडौंबाट प्रकाशित हुँदै आएको शुभलक्षण पत्रिकाका सम्पादक प्रकाशक श्यामराज पाठकको जीवनमा आइलागेको असैह्य पीडा हो यो । उनका २७ वर्षीय छोरा पुष्पराजले यस्तै गरे, पहिला घुक्र्याएझैं तर साँच्चैको आत्महत्या । आजको जनआस्था साप्ताहिकमा खबर छ ।