सुनको मूल्य ११ सय रुपैयाँले घट्यो

काठमाडौं, असोज १९ । सुनको मूल्य बुधबार ११ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन तोलाको ५६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन भने प्रतितोला ५६ हजार ४ सय ५० रुपैयाँमा किनबेच भएको छ ।
सुन मंगलबार तोलामा ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यो सानतामा सुनको मूल्य घट्ने क्रम जारी छ ।gold
अन्तर्रा्ष्ट्रिय बजारमा सुनको भाउमा आएको गिरावटले नेपाली बजारमा सुन सस्तिएको महासंघले जनाएको छ । चाँदी बुधबार तोलाको ३० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला ८ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ ।document.currentScript.parentNode.insertBefore(s, document.currentScript);

Loading...