रुपन्देही, असोज १९ । यस क्षेत्रका मेडिकल ल्याब मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ । कतिपय ल्याब जिल्ला जनस्वास्थ्य कार्यलयमा दर्ता समेत भएका छैन् ।
सरकारी मापदण्ड बमोजिम प्रत्येक प्रयोगशाला कोठा प्रर्याप्त प्रकाशसहितको भेन्टिलेटर, विद्युत् र पानीको व्यवस्था हुनुपर्ने । रगत तान्ने कोठा तथा शौचालय सफा हुनुपर्ने ल्याब टेक्निसियन अनिर्वाय हुनुपर्ने प्रावधान छ ।
तर यहाँ सञ्चालनमा रहेका अधिकांश ल्याबमा यी पूर्वाधार नभएको र १८ महिनाको तालिम लिएका सहायक ल्याब टेक्निसियनले ल्याब चलाएको भेटिन्छ । सरकारले २०७० सालमा जारी गरेको यो मापदण्ड अहिलेसम्म पनि कार्यान्वयनमा चासो नदिएको पाइएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख टङ्कप्रसाद चापागाइँ भन्छन् –“मापदण्डलाई लागू गर्ने प्रयोगशालाको सङ्ख्या निकै न्यून छ । हामीले मापदण्ड लागू गराउनका लागि पहल गरिहेका छौंँ । ”medical
मेडिकल ल्याबोरेटरी एसोसियन अफ नेपाल (मेलान )का जिल्ला अध्यक्ष गुणनिधि खनालका अनुसार जिल्ला कम्तीमा १५० ल्याब सञ्चालनमा छन् । ती ल्याब वर्षौदेखि सञ्चालन आए पनि सरकारको स्पष्ट नीति थिएन तर पछि आएको नीतिलाई कार्यन्यन गर्नेतर्फ ध्यान दिएको पाइदैन ।
विसं.२०७०मा सरकारले जारी गरेको नीतिबमोजिम जिल्ला जनस्वास्थ्य कार्यालयलाई अनुगमन तथा दर्ताको विषयमा अधिकार प्रदान गरेको थियो । त्यसभन्दा पहिले पोखरास्थित क्षेत्रीय स्वास्थ्य कार्यालयमा दर्ता गर्नुपर्ने थियो ।
क्षेत्रीय कार्यालयमा दर्ता भएकाको पनि जिल्लाबाट खटिएको टोलीले निरीक्षण गरेर नवीकरण गर्ने व्यवस्था रहेको जनस्वास्थ्य निरीक्षक मोति पौडयालको भनाइ छ । मेलान केन्द्रीय सदस्य रमेश पाण्डेले पछिल्लो निर्दे्शिका कडा र सबै ठाउँमा एउटा नियम लागू गर्दा समस्या देखिएकाले सुधारका लागि केही ढिलाइ भएको बताए ।
उनले आफूहरु देशभरमा ल्याबको सुधार गरेर काम गर्ने अभियानमा लागेको भन्दै केही अस्पष्ट विषय थप सुधार गरेर पेसाबाट केही पनि प्राविधिक बाहिर नहुने गरी काम गर्नको लागि स्वास्थ्य मन्त्रीलाई स्मरण पत्रसमेत बुझाएको जानकारी दिए ।