लोकमानको घरमा सूचना टाँस्न पुगेको सर्वोच्चको टोली किन फर्कियो ?

काठमाडौं, असोज १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको बानेश्वरस्थित निवासमा आज सूचना टाँस्न पुगेको सर्वोच्च अदालतको टोली त्यत्तिकै फर्किएको छ ।
कार्कीको घरमा सूचना टाँस्नको लागि सर्वोच्चको विशेष टोली कार्कीको घरमा बिहान १० बजे पुगेको थियो । तर, टोली पूरै घर भाडामा लगाइएको भन्दै सुचना नै नटाँसी फर्किएको छ ।lok
विवादमा परेका कार्कीको नियुक्तिको विषयमा पुनरावलोकन गर्ने सर्वोच्चको निर्णयपछि कार्की म्याद नबुझि विदेश गएको भन्दै सर्वोच्चको टोलीले घरमै पुगेर सूचना टाँस गर्न लागेको थियो ।
आयोगका प्रमुख आयुक्त कार्की नियुक्तिको कानुनसम्मत नभएको दाबी गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदातलमा गत वैशाख २९ गते रिट निवेदन दायर गरेका थिए । हाल कार्की क्यानडामा रहेका छन् ।