सर्वाधिक धन रासीको पुरुष भलिबल ताप्लेजुङमा

काठमाडौं, असोज १९ । नेपालकै सर्वाधिक नगद पुरस्कार राशीको दोश्रो पाथीभरा राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता आगामी मंसिर २९ देखि पुस ४ गते सम्म संचालन हुने भएको छ ।
ताप्लेजुङ जिल्ला भलिबल संघको आयोजनामा ताप्लेजुङ्ग नगरपालिका फुङलिङ बजारमा हुने प्रतियोगिताका बिजेता टिमले ३ लाख ३० हजार रुपैयाँ प्राप्त गर्ने आज आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष एवम् राष्ट्रिय रेफ्रि दिवस चोङबाङले बताए । ताप्लेजुङ्गको पर्यटन प्रबद्र्धन समेतको उद्देश्य रहेको प्रतियोगिताको उपबिजेताले १ लाख ६५ हजार रुपैयाँ प्राप्त गर्ने छ । त्यसैगरी तेश्रो र चौथो स्थान हासिल गर्नेले सान्त्वना स्वरुप जनही ३५–३५ हजार रुपैयाँ हात पार्नै अध्यक्ष दिवासले जानकारी दिए ।
प्रतियोगितामा ८ टिमलाई २ समूहमा बिभाजन गरि लिगकम नकआउटका अधारमा खेल खेलाईने छ । प्रतियोगितामा ३ बिभागिय टिम नेपाल प्रहरी, नेपाल आर्मी र एपीएफ रहेका छन् भने ५ बिकाश क्षेत्रका मध्यामाञ्चल,पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल, सुदूर पश्चिमाञ्चल र पूर्वाञ्चलको टिम सहभागिता रहने छन् ।v1
प्रतियोगिताका उत्कृष्ट खेलाडिले १० हजार तथा बिधागत उत्कृष्टले जनही ५–५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितालाई ढुङासाँगुका बलबहादुर तामाङ, हङदेवाका इश्वर पौडेल र ताप्लेजुङ नगरपालिकाका रमेश बरालले मुख्य प्रायोजनका रुपमा ६ लाख ७५ हजार रुपैयाँ उपलब्ध गराएको अध्यक्ष दिवासले जानकारी गराए ।}

Loading...