१९५० को सन्धिमा नेपालले के सुधार चाहेको छ ?

१९५० को सन्धिमा नेपालले के सुधार चाहेको छ ?

नयाँदिल्लीमा मंगलबार र बुधबार बसेको इपिजीको बैठकमा नेपालतर्फका विज्ञले राखेको सन्धि पुनरावलोकन प्रस्तावमा भारतीय पक्षले सहमति जनाएको हो । ‘नेपाल–भारत शान्ति तथा मैत्री सन्धि पुनरावलोकन गर्ने विषयमा बैठकमा सहमति भएको छ,’ बैठकमा रहेका नेपालतर्फका सचिवालय संयोजक यादव खनालले टेलिफोनमा भने, ‘आगामी बैठकमा यसबारे थप ठोस छलफल गर्ने तय भएको छ ।’

बैठकमा सन्धि अद्यावधिक गर्नुपर्ने प्रस्ताव नेपालका तर्पmबाट पेस भएको थियो । सन्धिका धारा २, ५, ६ र ७ समयसापेक्ष नरहेको नेपाली विज्ञको ठम्याइ छ । बैठकमा नेपालबाट डा. भेषबहादुर थापा, नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र डा. राजन भट्टराई तथा भारतबाट भगतसिंह कोस्यारी, डा. महेन्द्र पी लामा, बिसी उप्रेती र जयन्तप्रसाद सहभागी थिए ।

सन्धिबारे नेपालको मुख्य चासो
धारा २ :  कुनै राष्ट्रसँग ठूलो खलबल वा फाटो पर्न आई त्यसबाट दुई सरकारको बीचमा रहेको मैत्री सम्बन्धमा खलल पर्न जाने सम्भावना देखिएमा दुवै सरकारले परस्परमा सोको समाचार दिने जिम्मेवारी कबुल गर्छन् ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

  } else {

Loading...